देश

पार्टीविरुद्ध कारबाही गर्ने तीन चर्चित अनुहार कारबाहीमा, आयोगलाई जानकारी

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टीभित्र विशेष महाधिवेशन नभएको स्पष्ट पार्दै निर्वाचन आयोगलाई औपचारिक जानकारी गराएको छ। यस सम्बन्धमा कुनै पनि दाबी आएमा त्यसलाई मान्यता नदिन आग्रह गर्दै आयोगमा पत्र दर्ता गरिएको हो।

उक्त पत्र पार्टी सभापति शेरबहादुर देउवाको तर्फबाट पठाइएको जनाइएको छ। पत्रमार्फत संस्थापन पक्षले वर्तमान अवस्थामा विशेष महाधिवेशन आयोजना नभएको र त्यसबारे फैलाइने सूचनाहरू अवैधानिक हुने उल्लेख गरेको छ।

यसै क्रममा कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको विवरण पनि निर्वाचन आयोगलाई जानकारी गराइएको छ।

पार्टीभित्रको आन्तरिक विवाद चर्किंदै जाँदा निर्वाचन आयोगसम्म पुगेको यो घटनाले नेपाली कांग्रेसको राजनीतिक गतिविधिलाई थप तरंगित बनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *