राजनीति

कांग्रेसको शक्ति संघर्ष निर्णायक मोडमा, सानेपामा केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनलाई लिएर विवाद चर्किँदै गएको अवस्थामा पार्टी केन्द्रीय समिति बैठक सानेपामा सुरु भएको छ । विशेष महाधिवेशन पक्षधरले नयाँ नेतृत्व चयनको अन्तिम तयारी गरिरहेका बेला संस्थापन समूहको आह्वानमा बैठक बस्नुलाई राजनीतिक रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ ।

पार्टीभित्र संस्थागत निर्णय विपरीत गतिविधि बढ्दै गएको ठहर गर्दै संस्थापन पक्षले विशेष महाधिवेशन पक्षधर नेताहरूमाथि कडा कदम चाल्ने संकेत दिएको छ । बैठकबाट अनुशासनात्मक कारबाहीसम्मका निर्णय आउन सक्ने भन्दै नेताहरूले तयारी भइरहेको बताएका छन् ।

विशेष महाधिवेशन पक्षधर समूह र संस्थापनबीच टकराव उत्कर्षमा पुगेको यस घडीमा सानेपाको बैठकले लिने निर्णयले कांग्रेसको आगामी दिशा तय गर्ने अपेक्षा गरिएको छ । त्यसैले बैठकका निष्कर्षहरूलाई पार्टीभित्र मात्र होइन, समग्र राजनीतिक वृत्तले समेत चासोका साथ हेरिरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *