काठमाडौँ । नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक दिउसो १ बजेसम्मका लागि सारिएको छ ।
काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आज बिहान ११ बजेका लागि वोलाइएको बैठक दिउसो १ बजेसम्मका लागि सारिएको हो ।
विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्षबीच वार्ता भइरहेकोले बैठक सारिएको बताइएको छ ।उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरु र ७ वटै प्रदेशका सभापतिहरुको उपस्थितिका लागि अनुरोध गरिएको छ ।





