काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि मंगलबार बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन, बी.पी. नगर ललितपुरमा बिहान ११ बजे बैठक तय गरिएको हो।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूसँगै सातै प्रदेशका सभापतिहरूलाई अनिवार्य उपस्थितिका लागि आग्रह गरिएको छ। पार्टी संगठन, समसामयिक राजनीतिक अवस्था र भावी रणनीतिबारे छलफल हुने अपेक्षा गरिएको छ।
मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी सूचनाअनुसार बैठकका लागि सम्बन्धित सबै पदाधिकारी तथा सदस्यहरूलाई निर्देशानुसार उपस्थित हुन अनुरोध गरिएको छ। विशेष महाधिवेशन, आन्तरिक राजनीतिक संवाद र संगठनात्मक विषयहरू बैठकका मुख्य एजेन्डा हुन सक्ने आकलन गरिएको छ।





