देश

राष्ट्रपति पौडेलद्वारा राष्ट्रिय सभा अधिवेशन आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको अधिवेशन आगामी माघ ४ गतेका लागि आह्वान गरेका छन्। सरकारको सिफारिसमा मन्त्रिपरिषद् बैठकले अधिवेशन बोलाउने निर्णय गरेपछि राष्ट्रपतिबाट औपचारिक घोषणा भएको राष्ट्रपति कार्यालयले जनाएको छ।

संवैधानिक व्यवस्थाअनुसार सरकारको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आह्वान तथा अन्त्य गर्ने प्रावधान छ। सोही प्रक्रिया अनुसार हालको अधिवेशन बोलाइएको हो।

जेनजी आन्दोलनपछि राष्ट्रिय सभाको बैठक पहिलोपटक बस्न लागेको हो। भदौ २३ र २४ गते भएको आन्दोलनपछिको राजनीतिक घटनाक्रमसँगै अन्तरिम सरकार गठन भएको थियो र त्यसको सिफारिसमा गत भदौ ३१ गते राष्ट्रिय सभाको अधिवेशन अन्त्य गरिएको थियो।

यसपटक भने बैठक स्थल परिवर्तन गरिएको छ। आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित संसद भवन क्षतिग्रस्त भई जलेपछि राष्ट्रिय सभाको बैठक सिंहदरबार परिसरभित्रै रहेको कृषि तथा प्राकृतिक स्रोत समितिको हलमा बस्ने व्यवस्था मिलाइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *