काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन चलिरहेका बेला सभापति शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेताहरूसँग छलफललाई तीव्र बनाएका छन्। यही क्रममा नेता शेखर कोइरालासहितका नेताहरू देउवा निवास महाराजगञ्ज पुगेर छलफलमा सहभागी भएका छन्।
स्रोतका अनुसार कोइरालासँगै सहमहामन्त्री जीवन परियार र बद्रि पाण्डे तथा नेता मिनेन्द्र रिजाल पनि छलफलमा उपस्थित छन्। विशेष महाधिवेशनले पार्टीभित्र बहस र मतभेद चुलिएका बेला देउवाले आन्तरिक संवादलाई प्राथमिकतामा राख्दै नेताहरूलाई भेटवार्तामा बोलाएका हुन्।
भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा दुईवटा प्रतिवेदन पेश भइसकेका छन् र ती प्रतिवेदनमाथि अहिले समूहगत छलफल भइरहेको छ। यस्तो अवस्थामा महाराजगञ्जमा भएको देउवा–कोइराला भेटलाई पार्टीभित्र सहमति र निकास खोज्ने प्रयासका रूपमा हेरिएको छ।




