राजनीति

सभापति देउवाले आफू निकटस्थ नेताहरूलाई बोलाए छलफलमा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकटस्थ नेताहरूलाई विशेष महाधिवेशनसँग सम्बन्धित छलफलका लागि आज दिउँसो ३ बजे बोलाएका छन्। पार्टी स्रोतका अनुसार देउवाका निकट केन्द्रीय सदस्यहरू यस भेटमा सहभागी हुनेछन्।

यसअघि सभापति देउवाले आफूनिकट कानुनी पृष्ठभूमि भएका नेता र वरिष्ठ अधिवक्तासँग पनि पार्टीको विधान र प्रक्रिया विषयक छलफल गरिसकेका छन्।

हाल विशेष महाधिवेशन जारी छ। बन्दसत्रमा दुई महामन्त्रीले छुट्टाछुट्टै प्रतिवेदन प्रस्तुत गरिसकेका छन् भने कार्यविधि पनि पारित भइसकेको छ। देउवाले निकट नेताहरूलाई बोलाएर पार्टीभित्रको असहमति र भावी कदमबारे रणनीति तय गर्ने तयारी गरेको स्रोतले जनाएको छ।

विशेष महाधिवेशनको कार्यविधि पारित भइसकेपछि सभापति देउवाको यो कदम पार्टी भित्रको संवाद र सहमतिको संकेतका रूपमा व्याख्या गरिएको छ। पार्टी स्रोतका अनुसार छलफलमा आगामी कार्यविधि, नेतृत्व स्थायित्व र विशेष महाधिवेशनपछि संगठनिक तालमेलबारे निर्णय लिन सक्ने अपेक्षा गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *