काठमाडौं । नेपाली कांग्रेसको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बीचमा सभापति शेरबहादुर देउवाले आफ्ना नेताहरूलाई महाराजगन्जस्थित निवासमा बोलाएका छन्।
देउवानिकट एक नेताका अनुसार कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित नेता रमेश लेखक पनि देउवाको निवासमा पुगेका छन्। उनीहरूबाहेक अन्य नेताहरूको आगमन पनि जारी रहेको छ।
पार्टीभित्र बढ्दो असन्तुष्टि औंल्याउँदै महामन्त्री गगन थापा र विश्वप्रकाशले विशेष महाधिवेशनको आह्वान गरेका हुन्।




