राजनीति

सभापति देउवालाई चन्द्र भण्डारीको आग्रह- किसुनजीको भूमिका निभाउनुस्

काठमाडौँ । नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले सभापति शेरबहादुर देउवालाई आफ्नो जिद्धि छोडेर पार्टीमा विगतमा कृष्णप्रसाद भट्टराईले निभाएको भूमिका निभाउन आग्रह गरेका छन् ।

काँग्रेस विशेष महाधिवेशनलाई सम्बोधन गर्दै भण्डारीले किसुनजीको चेला सभापति देउवाले उहाँले गिरिजाप्रसाद कोइरालासँगको विवाद मिलाएजस्तै भूमिका खेल्न आग्रह गरेका हुन् ।

उनले देश र प्रजातन्त्र बचाउनुपर्ने अवस्था आएको भन्दै देशभरका काँग्रेसका कार्यकर्ताले पार्टीलाई जगाएको धारणा राखेका थिए ।

नेताहरुका आसेपासेहरुले अवसर पाएकै कारण देश अगाडी बढ्न नसकेको बताउदै भण्डारीले गलत नेतृत्वका कारण नेताहरु हेलिकप्टर चढेर भाग्नुपर्ने अवस्था आएको बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *