काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्वाचन आयोगमा यसअघि बुझाएको समानुपातिक सूचीलाई अध्यावधिक गरेको छ । प्रवक्ता मनिष झाका अनुसार रास्वपाले आइतबार बिहान आयोग पुगेर बन्दसूची अद्यावधि गरेको हो ।
उज्यालो नेपाल पार्टीसँग एकता भंग भएपछि रास्वपाले समानुपातिक सूची अध्यावधिक गरेको छ । प्रवक्ता झाले भनेका छन्- ‘राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट आसन्न निर्वाचनको लागि समानुपातिक तर्फबाट उम्मेदवारको अद्यावधिक सूचि आज बिहान निर्वाचन आयोगमा बुझाइएको छ ।’
रास्वपाले यसअघि निर्वाचन आयोगमा बुझाएको सूचीमा उज्यालोका १४ जना उम्मेदवार समावेश थिए ।




