देश

रास्वपा र उज्यालोबीचको एकता भंग, कुलमान उनेपाको अध्यक्ष बन्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी (उनेपा) बीच एकता सहमति भंग भएको छ । एकता प्रक्रिया भंग भएपछि दुवै दल अलग अलग निर्वाचनमा जाने भएका हुन् ।

रास्वपासँगको एकता प्रक्रिया भाग भएपछि घिसिङ उज्यालो नेपाल पार्टीको अध्यक्ष बन्ने भएका छन् । उज्यालो नेपाल पार्टीले घिसिङलाई अध्यक्ष नियुक्त गरिएको औपचारिक घोषणा गर्न साँझ ६ बजे पत्रकार सम्मेलन समेत आयोजना गरेको छ ।

कुलमान पक्षले रास्वपामा वरिष्ठ उपसभापतिसँगै पार्टीको नाम परिवर्तन गर्नुपर्ने, महामन्त्री दिनुपर्ने र समानुपातिक सूचीमा कम्तिमा ६ जना निर्वाचित हुने सुनिश्चित हुनुपर्ने माग राखेपछि कुरा नमिलेको बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *