देश

विशेष महाधिवेशनको चर्को विवादबीच सभापति देउवा राष्ट्रपति भेट्न शीतल निवासमा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका छन्।

विशेष महाधिवेशनको आव्हानपछि पार्टी विभाजनको डिलमा पुगेको अवस्थामा राष्ट्रपतिसँग देउवाको भेटलाई कांग्रेसभित्र अर्थपूर्ण रूपमा हेरिएको छ। तर, उक्त भेट पार्टीको आन्तरिक राजनीतिक विषयमा केन्द्रित हो वा समसामयिक राष्ट्रिय विषयमा छलफल भएको हो भन्नेबारे स्पष्ट खुलाइएको छैन।

यसअघि आज बिहान सभापति देउवा र नेता शेखर कोइरालाबीच भेटवार्ता भएको थियो। भेटपछि देउवाले शीतल निवास जानुपर्ने जनाउँदै थप छलफल पछि गर्ने बताएका थिए।

दुवै पक्षबीच सघन संवाद भइरहे पनि हालसम्म ठोस निचोड ननिस्किएको बताइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *