देश

प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल, के भयो कुराकानी ?

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच करिब ३ घण्टा छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बिहान ११ बजेदेखि साढे २ बजेसम्म दुई नेताबीच भेटवार्ता तथा लामो संवाद भएको प्रधानमन्त्री कार्कीका प्रेस संयोजक राम रावलले जानकारी दिए ।

छलफलमा मुख्यत: आगामी फागुन २१ गते हुने निर्वाचन केन्द्रित विषयमा कुराकानी भएको बताइएको छ । भेटका क्रममा अध्यक्ष ओलीले समग्र निर्वाचनको तयारी, वर्तमान अवस्था र सुरक्षाका विषयमा चासो राखेका थिए । जवाफमा प्रधानमन्त्री कार्कीले निर्वाचनका लागि आवश्यक सबै प्रबन्ध सरकारले मिलाइसकेको र ढुक्क हुन आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यसका अतिरिक्त अध्यक्ष ओलीले प्रधानमन्त्री कार्कीका श्रीमान् दुर्गा सुवेदीको स्वास्थ्य अवस्थाबारे पनि चासो व्यक्त गरेका थिए ।यो भेटवार्तालाई आसन्न निर्वाचनको सन्दर्भमा महत्त्वपूर्ण राजनीतिक संवादका रूपमा हेरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *