देश

कांग्रेस–एमाले–जसपा चुनावी तालमेल, राष्ट्रिय सभामा सिट बाँडफाँट टुंगियो

काठमाडौं । आगामी राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेसले आफ्ना उम्मेदवारहरूको अन्तिम नामावली टुंगो लगाएको छ । सत्ता गठबन्धन तथा प्रमुख प्रतिपक्षी दलहरूबीच लामो समयदेखि चलेको रस्साकस्सीपछि अन्ततः नेपाली कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) नेपालबीच चुनावी तालमेलमा सहमति जुटेसँगै कांग्रेसले आफ्नो भागमा परेका उम्मेदवार चयन गरेको हो ।

तीन दलबीच भएको नयाँ सहमति अनुसार रिक्त सिटहरूमा भागबन्डा मिलाइएको छ । सहमति अनुसार नेपाली कांग्रेसले ९ सिट, नेकपा एमालेले ८ सिट र जसपा नेपालले १ सिट लिने तय भएको छ ।

तालमेलमा सहभागी नेकपा एमालेले मधेश प्रदेशबाहेकका क्षेत्रका उम्मेदवारहरूको नाम यसअघि नै प्रायः टुंग्याइसकेको बुझिएको छ । यस्तै, एक सिट पाएको जनता समाजवादी पार्टी (जसपा) नेपालले वरिष्ठ नेता महन्थ ठाकुरलाई राष्ट्रिय सभामा पठाउने तयारी गरिरहेको स्रोतले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *