काठमाडौं । नेपाली कांग्रेसका ५ प्रदेश सभापतिहरूले विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको घोषणा गर्दै नेता–कार्यकर्तालाई निर्वाचन तयारीमा जुट्न आह्वान गरेका छन्। कोशी प्रदेश सभापति उद्धव थापा, मधेस सभापति कृष्ण यादव, बागमती सभापति इन्द्रबहादुर बानियाँ, कर्णाली सभापति ललितजंग शाही र सुदूरपश्चिम सभापति वीरबहादुर बलायरले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन्।
विज्ञप्तिमा उल्लेख छ कि, पार्टीको पन्ध्रौँ नियमित महाधिवेशन २०८३ वैशाख २८–३१ मा तय भइसकेको र त्यसअघि विशेष महाधिवेशन गर्न आवश्यक नपर्ने अवस्था सिर्जना भएको छ। त्यसैले पार्टीका सबै सदस्यहरूलाई एकताबद्ध भएर नियमित महाधिवेशनको तयारीमा लाग्न र आगामी आम निर्वाचन (२०८२ फाल्गुण २१) मा उम्मेदवारहरूलाई विजयी गराउन आग्रह गरिएको छ।
सभापतिहरूले विज्ञप्तिमार्फत स्पष्ट पारेका छन् कि, विशेष महाधिवेशनको आवश्यकता अब समाप्त भइसकेको र पार्टीको ध्यान तत्काल निर्वाचन तयारीतर्फ केन्द्रित हुनुपर्ने छ।





