काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आज राजधानीको कोटेश्वरस्थित पार्टी प्यालेसमा देशका विभिन्न सञ्चार माध्यमका सम्पादकहरूसँग छलफलमा बस्दैछन्। दिउँसो १ बजे सुरु हुने सो अन्तरक्रिया आगामी महाधिवेशनलगायत पार्टीका समसामयिक विषयमा केन्द्रित रहने बताइएको छ।
यसअघि बुधबार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि सम्पादकहरूसँग संवाद गरेका थिए। एमालेको ११औँ महाधिवेशन अब दुई दिनपछि सुरु हुँदैछ। उद्घाटन सत्र शनिबार भक्तपुरको सल्लाघारीमा, जबकि बन्द सत्र काठमाडौंको भृकुटीमण्डपमा हुने तयारी छ। सम्पादकहरूसँगको अन्तरसंवादमै वरिष्ठ उपाध्यक्ष पोखरेलले जाँचबुझ आयोगले बोलाएको अवस्थामा अध्यक्ष ओलीले बयान दिन जानुपर्ने धारणा राखे। उनले आफू ओलीको ठाउँमा भएको भए ‘बोलाउनु भन्दाअघि नै’ गएर तथ्य वा व्याख्या राख्ने बताए।
पोखरेलले सरकारी आयोगसँग केही विषयमा असहमति हुन सक्ने स्वीकार गरे पनि, बोलाएपछि बयान दिनु सामान्य प्रक्रिया भएको बताएका थिए ।
उनका अनुसार “आयोगले बोलाएको कुरा स्वाभाविक हो। अवज्ञा गर्नु राम्रो हुँदैन। म भए अझै अघि गएर बयान दिने थिएँ।”
सरकारले गठन गरेको आयोगका अध्यक्षको निष्पक्षतामा प्रश्न उठ्दै आएको उल्लेख गर्दै, ‘त्यसले आयोगको विश्वसनीयता हेर्नुपर्ने’ टिप्पणी पनि उनले गरे। तर उहाँले स्पष्टसँग भने— “बयान दिन जाने, विचार राख्ने, तथ्य प्रस्तुत गर्ने कार्यलाई अन्यथा लिन हुँदैन। अध्यक्ष ओली पनि जानुहुन्छ भन्ने मलाई लाग्छ।”
पोखरेलले पार्टी नेतृत्वको कार्यशैली क्रमशः त्रुटिपूर्ण बन्दै गएको आरोप लगाउँदै आसन्न राष्ट्रिय महाधिवेशनलाई विचार र नेतृत्वबारे टुंगो लगाउने निर्णायक थलोका रूपमा लिनुपर्ने बताएका थिए । आफ्नो सम्भावित उम्मेदवारी कुनै क्षणिक भावनामा आएको होइन, पार्टी प्रक्रियाअनुसारै औपचारिक रूपमा जानकारी गराइएको दाबी गरेका थिए । उनले भने, “महाधिवेशनमा प्यानल बनाउने नबनाउने मुख्य कुरा होइन। झोंकमा उम्मेदवारी दिएको पनि होइन। पार्टीको बैठकमै छलफल गरेर, अध्यक्षसँग अवधारणा राखेर, त्यसपछि केन्द्रीय कार्यालयमा दर्ता गराएका हौँ।”
पछिल्लो समय पार्टीभित्र नेतृत्वले काम गर्ने शैली कमजोर हुँदै गएको संकेत गर्दै पोखरेलले महाधिवेशनले संगठनलाई नयाँ दिशा दिने अवसरका रूपमा उपयोग गर्नुपर्ने जोड दिए।नेकपा उनले पार्टीको आसन्न ११औँ महाधिवेशनमा पराजय भए पनि आफूहरू सधैँ एमालेमै रहने स्पष्ट पारेका छन्। अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिसकेका पोखरेलले प्रतिस्पर्धामा जानेले हारलाई पनि स्विकार्ने मानसिकता बनाउनुपर्ने बताएका थिए ।
बुधबार आफ्नो समूहको तर्फबाट आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पोखरेलले महाधिवेशनमा आफूहरू पराजित भए पनि माधव नेपाल, भीम रावलहरूकै जस्तो बाटो रोज्दै नयाँ पार्टी खोल्ने सोच आफूहरूको नरहेको स्पष्ट गरे। उनले महाधिवेशनमा विजय हुने विश्वास व्यक्त गर्दै पराजय भए पनि एमालेभित्रै रहेर सक्रिय राजनीति गर्ने प्रतिबद्धता व्यक्त गरे। “हामी जित्नेमा विश्वस्त छौँ, तर हार भए पनि एमाले नै भएर काम गर्छौँ,” उनले भने।
यसै क्रममा पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वप्रति होइन, कार्यशैलीप्रति आफूहरूको मुख्य असहमति रहेको समेत खुलाए। पार्टीभित्र लोकतान्त्रिक अभ्यास मजबुत हुनुपर्ने उनको धारणा थियो। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिन कुनै पनि आधारमा रोक्न नहुने बताएका छन्।
पोखरेलले संविधान, पार्टीको विधान तथा अन्तर्राष्ट्रिय अभ्यासले समेत पूर्वराष्ट्रपतिलाई पार्टी सदस्यता लिनबाट नरोकेको उल्लेख गर्दै, व्यक्तिको इच्छा भए सदस्यता पाउने अधिकार स्वाभाविक भएको बताउँदै विद्या भण्डारीको सदस्यताको विषयलाई अनावश्यक रूपमा ठूलो एजेन्डा बनाइएकोप्रति असन्तुष्टि जनाएका थिए । उनले भने “यो विषय यत्रो ठूलो बहसको विषय नै होइन। संविधानले रोकेको छैन, विधानले रोकेको छैन, अन्तर्राष्ट्रिय अभ्यासले पनि रोकेको छैन भने किन सदस्यता नपाउने ?”पोखरेलले पार्टीभित्र यो विषयमा आफूहरूले पहिलेदेखि नै स्पष्ट धारणा राख्दै आएको बताउँदै केन्द्रले निर्णय गरे पनि यसलाई अस्वाभाविक रूपमा उठाइएको बताए।
यसै सन्दर्भमा उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीबारे आफूले पहिलेदेखि नै प्रश्न उठाउँदै आएको समेत स्वीकार गरे। पार्टीभित्र जनताको बहुदलीय जनवाद ९जबज० को सिद्धान्तमा मतभिन्नता नरहे पनि नेतृत्वको कार्यशैलीमा भने व्यापक मतभिन्नता रहेको उनको भनाइ थियो।
गत भदौ २३ र २४ गते भएको जेन(जी)को विध्वंशकारी घटनाको छानबिनका लागि आयोगले एमाले अध्यक्ष ओलीलाई बयान दिन आग्रह गरेपनि उनले आफू कुनै पनि हालतमा बयान दिन नजाने उल्लेख गर्दै आयोगको वैधानिकता र असंवैधानिक सरकारले बनाएको आयोगलाई आफूले मान्यता नदिने दाबी गर्दै आएका छन् । तर जेनजी युवाहरु र अन्तरिम सरकारले तत्कालीन गृहमन्त्री लेखक र प्रधानमन्त्री ओलीलाई बयानमा नआए पक्राउ गर्ने तयारी गरेको भन्दै विभिन्न मिडियाहरुमा समाचारहरु सार्वजनिक हुन थालेपछि नेकपा एमालेका नेता महेश बस्नेतले एमालेको महाधिवेशन भाड्ने षड्यन्त्र सफल हुन नदिने बताएका छन् ।
नेता बस्नेतले अध्यक्ष केपी शर्मा ओलीलाई गिरफ्तार गर्ने भन्दै मिडिया ट्रायल गरिएको आरोप लगाउदै महाधिवेशन भाड्ने, आतंक फैलाउने, सहभागिता घटाउने र अन्तिम चरणमा केपी ओलीको लोकप्रियता कमजोर पार्ने र । महाधिवेशनमा चुनाव भएमा सके हराउने नसके भोट घटाउने षड्यन्त्र भइरहेको बताएका हुन् । उनले नेता इश्वर पोखरेलले ओली आयोगमा बयान लिन किन नगएको भन्ने प्रश्न गरेको र केहि दिन अघि विद्या भण्डारीले प्रधानमन्त्रीलाई भेटेर ओलीलाई पक्राउ गर्ने कुरा गरेकोले सबैले एउटै दिशातिर संकेत गरेको बताएका छन् ।
केपी ओलीलाई गिरफ्तार गर्ने षड्यन्त्रको खेल बुझिएको छ सफल हुन दिदैनौं- महेश बस्नेत




