काठमाडौं । नेपाली कांग्रेसका स्वतन्त्र सांसद अमरेश कुमार सिंहले १५ औँ महाधिवेशनबाट महामन्त्री गगन कुमार थापा सभापति बने कांग्रेसको भविष्य संकटमा पर्ने दावी गरेका छन् । सांसद सिंहले प्राइम टेलिभिजनमा चर्चित पत्रकार ऋषि धमलासँगको आन्र्तवाताका क्रममा यस्तो बताएका हुन् । उनका अनुसार महामन्त्री थापा बाह्य शक्तिसँगको चलखेलमा तिव्र लाग्ने पात्र हुन्,सोही कारण लोकतान्त्रिक र इतिहास रच्न सफल कांग्रेस पार्टीलाई मोलमोलाईका आधारमा नै आलोचनामा ल्याएर खण्डित गर्ने उनको रणनीति छ ।
नेता सिंहले महामन्त्री थापाले हरेक पार्टी प्यालेसमा दैनिक १० लाख रुपैया खर्च गर्दै युवाहरु जम्मा गर्ने गरेको दाबी गर्दै त्यसको स्रोत खुल्नुपर्ने उल्लेख गरेका छन् । देशभरीको गिटी बालुवा क्रसर वालाको नेटर्वक महामन्त्ती थापासँग भएको उल्लेख गर्दै उनले भने,‘ उनले दश,बीस जना प्रोसर,डाक्टर इन्जिनियर उसको पक्षमा उभ्याइदियोस्,तर त्यो छैन् उनको पक्षमा उभिनेहरु जम्मैँ गिटी क्रसरवाला,जम्मैँ बालुवा तस्करीवाला ,जम्मैँ जग्गा दलाली गर्नेवाला जम्मैँ दुई नम्बरी गर्नेवाला मात्र नेटवर्कमा छ ।थापाले देश तथा विदेशी नेटर्वकबाट पैसा लिएर पार्टी कब्जा गर्ने प्रशस्त ठाउँ र आधार भएको उनले खुलासा गरेका छन् ।
त्यस्तो गतिविधिले कांग्रेस पार्टी नचल्ने नेता सिंहको दावी छ । सिंहले १५ औँ महाधिवेशनबाट महामन्त्री थापा पार्टी सभापति भए पार्टी त्याग्ने र राजनीतिबाटै सन्यास लिने समेत बाचा गरे । प्राइम टेलिभिजमा पत्रकार धमलासँगको अन्तर्वाताबाटै नेता सिंहले महामन्त्री थापाको गतिविधिमा पारदर्शिता नभएको भन्दै आर्थिक स्रोत खुलाउन समेत चुनौती दिएका छन् ।उनले भने,‘ महामन्त्री थापाले आर्थिक स्रोत कहाँबाट जुटाइरहेका छन् ? यो मेरो प्रश्न हो ।’
यसो त महामन्त्री थापालाई १५ औँ महाधिवेशनबाट सभापति जिताउन नहुने मत विगतदेखि नै उठ्दै आएको छ । कांग्रेसको महाधिवशेनको मिति नजिकिएसँगै आगामी महाधिवेशनबाट को बन्ला कांगेसको सभापति भन्नै विषय हाल कांग्रेसभित्र निकै चर्चाको विषय बनेको छ ।
कांग्रेसभित्र महामन्त्री थापालाई नै १५ औँ महाधिवेशनबाट सभापति बनाउनुपर्ने न्युन कांग्रेसीहरुको माग छ भने कांग्रेसको अर्को ठूलो मासले सभापतिमा विश्वासिलो,नेतृत्व क्षमता उच्च भएको, परिपक्व,कांग्रेसलाई संकटको घडीमा थप उचाईमा लैजान सक्ने र पार्टीभित्र देखिएको गुटको अन्त्य गर्दै एकता र बलियो कांग्रेस बनाउने नेतृतवको खाँचो रहेको बताइरहेका छन् ।
कांग्रेस संस्थापन इतर समुहका बरिष्ठ नेता डा. शेखर कोइरालालाई आगामी पार्टीको सभापति बनाउनुपर्नेमा कांग्रेस बहुमतको माग देखिएको छ । यस्तै कोइराला परिवारले एकताको दिशा ताकेका छन् । पार्टीभित्र देखिएको विवाद र कांग्रेसलाई संकटको घडीमा थप उचाईमा लैजान सक्ने नेताका रुपमा कोइराला परिवारले मात्र डा. शेखरलाई हेरका छैनन्,कांग्रेसका संस्थापन तथा इतरसमुहका नेताहरुले समेत आगामी निर्वाचनबाट कांग्रेस पार्टीको सभापतिमा डा .कोइरालालाई नै बनाउनुपर्ने अडान राखेका छन् । नेता सिंहले पनि साेही अडान राख्दै आएका छन् ।
जेनजी समुहद्धारा गत भदौ २३ र २४ गते देशमा भएको हिंशात्मक आन्दोलनमा पार्टी सभापतिमाथि निर्घात कुटपिट हुँदा समेत खुलेर प्रतिवाद नगरेको र उल्टै विभिन्न टेलिभिजनमा गएर सभापति देउवामाथि भएको आक्रमणमा ताली मारेकाे आरोप लाग्दै आएको छ । थापाले विभिन्न संचारमाध्यमहरुमा बोल्दै सभापति देउवाको सम्पूर्ण सम्पति छानबिन गर्न आवश्यक रहेको बताएका थिए । यति मात्र नभएर थापाले पटक–पटक पार्टीभित्र विवाद झिक्दै पार्टीलाई बदनाम गराउने प्रयास समेत गरको उनीमाथि आरोप छ ।
एक पटक पार्टी सभापति र महामन्त्री थापाको जोडी निकै मिलेको थियो तर जेनजी आन्दोलनपछि सभापति देउवाकाे महामन्त्री थापासंगको विश्वास टुट्दै गएको बुझिएको छ । अहिलेसम्म पनि महामन्त्री थापाले सभापति देउवालाई एक पटक पनि नभेट्नुले सो कुरा पुष्टि गर्न थालेको छ ।




