देश

एमाले महाधिवेशन निर्णायक मोडमा, देश जलाउने प्रवृत्तिविरुद्ध आवाज उठाउन ज्ञवालीको अपिल

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मंसिर २७ गते हुने पार्टी महाधिवेशनको उद्घाटन समारोह देशको संविधान, लोकतन्त्र र राष्ट्रिय स्वाभिमानका लागि महत्वपूर्ण मोड साबित हुने दाबी गरेका छन्।

सामाजिक सञ्जालमार्फत अपिल जारी गर्दै ज्ञवालीले भक्तपुर सल्लाघारीमा हुने कार्यक्रममा व्यापक जनउपस्थिति आवश्यक रहेको बताए। उनले भने, “देश बनाउनेलाई हौसला र देश जलाउनेलाई ‘नो’ भन्न अब नेपाली जनता एकजुट हुनुपर्छ।”

ज्ञवालीका अनुसार राजनीतिक दलहरू कमजोर हुँदा अराजकता बढ्ने जोखिम रहन्छ। २०६२ मंसिर ४ गते बुटवलमा एमालेले गरेको जनप्रदर्शनले माघ १९ पछि उत्पन्न प्रतिगमनविरुद्ध निर्णायक वातावरण निर्माण गरेको स्मरण गर्दै उनले अहिले पनि त्यही जुझारूपन आवश्यक रहेको उल्लेख गरे।

उनले एमालेको ११औँ राष्ट्रिय महाधिवेशनलाई पार्टीका लागि मात्र नभई लोकतन्त्रको रक्षा र जनअपेक्षाको अभिव्यक्तिका रूपमा पनि अर्थपूर्ण भएको बताए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *