राजनीति

संविधान संशोधनदेखि आत्मनिर्भर अर्थतन्त्रसम्म : उज्यालो नेपाल पार्टीको सात बुँदे एजेन्डा सार्वजनिक (पूर्णपाठ)

काठमाडौं । कुलमान घिसिङको संरक्षकत्वमा बनेको उज्यालो नेपाल पार्टीले बुधबार राजधानीमा आयोजित घोषणा सभामा आफ्नो सात बुँदे संविधान संशोधन एजेन्डासहित विस्तृत घोषणापत्र सार्वजनिक गरेको छ। जेनजी आन्दोलनको जगमा स्थापना भएको दाबी गर्ने यस पार्टीले राजनीतिक अस्थिरता अन्त्य, सुशासन, समृद्धि र सामाजिक न्यायलाई आफ्नो मूल लक्ष्य ठहर गर्दै शासकीय संरचनादेखि आर्थिक मोडलसम्म आमूल परिवर्तनको खाका अघि सारेको हाे ।

शासकीय स्वरूप परिवर्तन र चुनाव प्रणाली सुधार प्रमुख प्रस्ताव

  • समानुपातिक समावेशीता कायम रहने गरी नयाँ निर्वाचन प्रणाली

  • प्रदेशमा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री र पाँच सदस्यीय मन्त्रीमण्डल

  • प्रदेश सभाको ठाउँमा स्थानीय प्रतिनिधिहरू मिलेर ‘प्रदेश परिषद्’ गठन

  • संघीयता कायम राख्दै प्रदेशरस्थानीय तहको संरचना पुनरावलोकन

  • विषय विज्ञलाई मन्त्री बनाउने व्यवस्था, तर परराष्ट्र, गृह, कानुन र रक्षा मन्त्रालय भने निर्वाचित सांसदलाई मात्र

न्यायपालिकामा दलीय हस्तक्षेप रोक्न न्यायपरिषद् पुनर्संरचना र स्थानीय चुनाव गैरदलीय बनाउनुपर्ने प्रस्ताव पनि समेटिएको छ। साथै, प्रधानमन्त्री बनेपछि मंत्रिपरिषद् आधा कार्यकाल स्थिर रहने व्यवस्था तथा एक व्यक्तिले लगातार तीन कार्यकाल चुनावी प्रतिस्पर्धा गर्न नपाउने सुझाव पनि प्रस्तुत गरिएको छ।

आत्मनिर्भर अर्थतन्त्र र शून्य सहनशीलता भ्रष्टाचार नीति

  • आत्मनिर्भर अर्थतन्त्र
  • गाँस, बास, कपास, शिक्षा र स्वास्थ्य राज्यका अनिवार्य दायित्व
  • स्वदेशी पुँजी परिचालनद्वारा रोजगारी सिर्जना
  • भ्रष्टाचारमाथि शून्य सहनशीलता
  • अवैध सम्पत्तिको छानबिन र जफत

पार्टीले पुराना दलहरूले राजनीतिक परिवर्तन त गरे तर शासन क्षमतामा सुधार ल्याउन नसकेको  बताउदै परिणाममुखी राजनीतिु को प्रत्याभूति गर्ने दाबी गरेको छ। कार्यक्रममा सम्बोधन गर्दै ऊर्जामन्त्री कुलमान घिसिङले देश विकासका लागि “विचारभन्दा नेतृत्व महत्वपूर्ण” भएको टिप्पणी गरे।

उनका अनुसार,“७५ वर्षमा धेरै व्यवस्था फेर्यौँ तर आर्थिक क्रान्तिमा असफल भयौँ। भारतले १५० गुणा, चीनले ३५० गुणा आर्थिक वृद्धि गरिसक्दा नेपालले ७५ गुणा मात्र विकास गर्न सक्यो। समस्या प्रणालीभन्दा पनि गलत नेतृत्वमा रहेछ।”मन्त्री घिसिङले आफूलाई अब देशकै नेतृत्व गर्नुपर्छजस्तो महसुस भएको समेत बताए।“यहाँबाट हिँडेपछि कता जाने भन्नेमा अब देशकै लिड गर्नुपर्छ भन्ने लागिरहेको छ,” उनले भने।

नयाँ पुस्ताको आन्दोलनलाई संस्थागत गर्ने लक्ष्य

पार्टीकी केन्द्रीय सदस्य रिमा विश्वकर्माले यो पार्टी नयाँ राजनीतिक पुस्ताको प्रतिनिधि हुने दाबी गरिन्।
उनले भनिन्, “उज्यालो नेपाल, उज्यालो भविष्य—हामी सक्षम र प्रतिबद्ध नागरिकहरूको सहभागितामा नयाँ राजनीतिक युग सुरु गर्दैछौँ।”

युवा केन्द्रित राजनीतिक परियोजना

२०–८२ जेनजी आन्दोलनलाई संस्थागत गर्न भन्दै पार्टीले देश–विदेशमा रहेका सक्षम, इमानदार र मेधावी युवालाई सहभागिताका लागि आह्वान पनि गरेको छ। कार्यक्रममा पूर्वमन्त्री सुमना श्रेष्ठको उपस्थिति पनि उल्लेखनीय रह्यो।

UNP_Party_Establishment_Declaration_BRU Unicode

उज्यालो नेपाल पार्टीको घोषणापत्र सार्वजनिक: प्रत्यक्ष मुख्यमन्त्री र गैरदलीय स्थानीय चुनावमा जोड

कुलमानको उपस्थितिमा उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा सभा सुरु

 

सुमना श्रेष्ठ – “म एकतामा छु”, उज्यालो नेपाल पार्टीको घोषणासभामा उपस्थित

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *