देश

एक महिनादेखि काँग्रेस अनिर्णित, आजपनि बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।कांग्रेस केन्द्रीय कार्यसमितिको गत असोज २८ मा प्रारम्भ भएको अझै जारी रहेको छ र निर्णयमा पुग्न सकिरहेको छैन । कार्यसमितिको बैठक आज बिहान ११: ३० बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा हुने मुख्यमन्त्री पौडेलले जानकारी दिएका छन् ।

यसअघि बुधबारको बैठकमा सहमहामन्त्री महेन्द्र यादवसहित ११ केन्द्रीय सदस्यहरुले धारणा राखेका थिए ।बैठकमा विजय गच्छादारले पुसभित्र नियमित महाधिवेसन गर्नुपर्ने धारणा राखेका थिए भने रमेश लेखकले विशेष महाधिवेशनमा जान नहुने बताएका थिए । त्यस्तै बैठकमा जितजंग बस्नेतले विशेष महाधिवेशन गरेर महामन्त्रीद्वयले पार्टी कब्जा गर्न खोजेको आरोप लगाएका थिए । त्यस्तै विमलेन्द्र निधि लगायतले चुनावपछि मात्र महाधिवेशन गर्नुपर्ने धारणा राखेका थिए । त्यसैगरी श्याम घिमिरेले संसद पुनस्थापनामा जानुपर्ने धारणा राखेका थिए ।

कांग्रेस बैठकमा महाधिवेशन कहिले गर्ने भन्नेमा विभाजित भएका छन् । संस्थापन पक्षका केन्द्रीय सदस्यहरुले चुनावपछि महाधिवेशन गर्नुपर्न धारणा राखिरहेका छन् भने संस्थापन इतर पक्षले महाधिवेशन गरेर चुनावमा जानुपर्ने बताउदै आएका छन् ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *