काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन ललितपुरमा जारी छ ।
बैठक गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शन, अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघटनपछि विकसित राजनीतिक अवस्था र पार्टीको भूमिकाका विषयमा केन्द्रीत रहेको जनाइएको छ। बैठकअघि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गरेका थिए।
महामन्त्रीद्वयले मंसिरमै महाधिवेशन गर्नुपर्ने अडान राखेका छन्, तर संस्थापन पक्षले चुनावपछिको वैशाखमा महाधिवेशन गर्ने निर्णय गरेको थियो। यसले पार्टी भित्र मतभेद चर्काएको छ।




