काठमाडौं । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी तथा उनको सचिवालय सदस्य गंगा दाहालले पदबाट राजीनामा दिएकी छिन्। पार्टीभित्रको चलायमान शक्ति सन्तुलन र बाह्य आलोचनाबीच आएको उनको राजीनामालाई राजनीतिक सन्देशका रूपमा व्याख्या गर्न थालिएको छ।
गंगाले सामाजिक सञ्जालमार्फत राजीनामा सार्वजनिक गर्दै लेखेकी छिन्— “मलाई देखाएर लगातार बुवा प्रचण्ड र सिंगो पार्टीमाथि योजनाबद्ध प्रहार भइरहेकाले संयोजकको सचिवालयबाट राजीनामा दिएकी छु।” उनले भनेकी छिन् कि आफू पार्टीकी “जिम्मेवार कार्यकर्ता”को हैसियतमा निरन्तर रूपमा सक्रिय रहनेछिन्। “सचिवालयमा रहँदा पार्टीका नेताहरू, कार्यकर्ताहरू र आम नागरिकले देखाएको विश्वास र सहयोगका लागि म आभारी छु,” गंगाले राजीनामा सन्देशमा लेखेकी छिन्।
हालका दिनमा गंगालाई लिएर माओवादी केन्द्रभित्र र बाहिर विभिन्न टिप्पणी र विवाद उठ्दै आएका थिए। केहीले उनलाई प्रचण्डको उत्तराधिकारीको रूपमा चित्रण गरे पनि उनी निरन्तर ‘संगठित आक्रमण र भ्रामक समाचार’को शिकार भएको बताउँदै आएकी थिइन्। राजनीतिक विश्लेषकहरूले उनको राजीनामालाई माओवादी केन्द्रभित्रको शक्ति व्यवस्थापन र संगठनभित्रको भावी पुनर्संरचनासँग जोडेर हेरेका छन्। एक विश्लेषकका शब्दमा, “गंगाको राजीनामा व्यक्तिगत निर्णय मात्रै होइन, यो माओवादीभित्रको भविष्य राजनीतिक सन्तुलनको संकेत पनि हुन सक्छ।” यससँगै पार्टी अध्यक्ष प्रचण्डका निकट वृत्तमा नयाँ अनुशासन र सन्देश व्यवस्थापनको आवश्यकता पनि बलियो रूपमा उठ्न थालेको देखिन्छ।
उनले साजिक संजाल फेसबुकमा यस्तो सार्वजनिक गरेकी छिन् :





