देश

संसद् विघटनविरुद्धका रिट दर्ता, कात्तिक १२ लाई दियो सर्वोच्चले पेसी

काठमाडौं। संसद् विघटनविरुद्ध लगिएका रिट सर्वोच्च अदालतले दर्ता गरेको छ । रिट निवेदन दर्ता खुल्ला गरेको सर्वोच्च अदालतमा मंगलबार मात्रै १० वटा रिट दायर भएका थिए ।

ती रिटहरू क्रमैसँग दर्ता हुँदै गएको सर्वोच्च प्रशासनले जानकारी दिएको छ । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले रिट दर्ता जारी रहेको जानकारी दिए ।

अधिवक्ता डा. प्रेमराज सिलवाल, अधिवक्ता युवराज सफलसहितले दायर गरेका रिट दर्ता भइसकेमा छन् । उनीहरूको रिटलाई सर्वोच्चले कात्तिक १२ गतेको पेसी दिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *