राजनीति

रामबाग महलमा एमालेको केन्द्रीय बैठक प्रारम्भ : ओलीसहित शीर्ष नेताहरूको सहभागिता

काठमाडौं । ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक सुरु भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपमहासचिव गोकर्ण विष्टलगायत शीर्ष नेताहरू बैठकस्थलमा पुगेका छन्।

बैठकमा हालैको जेन–जी आन्दोलनपछि देखिएका राजनीतिक प्रभाव र आगामी पार्टी महाधिवेशनका तयारीबारे महत्वपूर्ण निर्णयहरू हुने अपेक्षा गरिएको छ।

अन्य केन्द्रीय सदस्यहरू पनि क्रमशः बैठकस्थलमा आइपुगिरहेका छन्। पार्टीले देशको हालको राजनीतिक परिस्थितिमा आफ्नो रणनीति स्पष्ट पार्ने र आगामी कदम तय गर्ने उद्देश्यले यो बैठक आह्वान गरेको बताइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *