देश

सुरक्षा परिषद् बैठक: अन्तरराष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा अवस्थाबारे समीक्षा

काठमाडौँ । प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष सुशीला कार्कीको अध्यक्षतामा आज परिषद्को बैठक बसेको छ ।

सिंहदरबारस्थित सचिवालयमा बसेको परिषद्को ४० औँ बैठकमा हालको वर्तमान अन्तरराष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षाका समसामयिक विषयमा समीक्षा गरिएको रक्षा मन्त्रालयका सचिव एवं परिषद्का सदस्य–सचिव सुमनराज अर्यालले प्रेस विज्ञप्तिमार्फत जानकारी दिए।

बैठकमा प्रधानमन्त्री कार्कीसहित गृहमन्त्री ओमप्रकाश अर्याल, उर्जामन्त्री कुलमान घिसिङ, प्रधानसेनापति अशोकराज सिग्देल, रक्षा मन्त्रालयका सचिव र मुख्यसचिव एकनारायण अर्याल उपस्थित रहेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *