देश

अस्पतालबाट डिस्चार्ज भए राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् ।

शनिबार स्वास्थ्यमा समस्या देखिएपछि महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका उनलाई चिकित्सकको सल्लाहमा डिस्चार्ज गरिएको हो ।

शनिबार विहान अचानक स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो । चिकित्सकको निगरानीमा रहँदा स्वास्थ्यमा क्रमिक सुधार आएपछि आइतबार डिस्चार्ज गरिएको राष्ट्रपति कार्यालयले जानकारी दियो ।

स्वास्थ्यमा समस्या आएपछि शनिबार बिहान तय गरिएको राष्ट्रपति पौडेल र जेनजी समूहबीचको भेटवार्ता सोमबारका लागि सारिएको थियो ।

राष्ट्रपति कार्यालयका अनुसार स्वास्थ्यमा सुधार आएसँगै अब तय भएका कार्यक्रमहरू नियमित रुपमा अघि बढाइनेछ ।

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था हाल सामान्य रहेको र चिकित्सकहरूको निगरानीमा नियमित स्वास्थ्य परीक्षण जारी रहने जनाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *