देश

मानव अधिकार आयोगको चेतावनीस् “हिंसात्मक कार्य नगर्नुस्, लोकतन्त्रको विकल्प लोकतन्त्र मात्र हो”

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भद्र २३ र २४ गते भएको जेनजी पुस्ताको प्रदर्शन र त्यसपछिको अवस्थाबारे अनुगमन जारी राखेको जनाएको छ। आयोगले देशका विभिन्न शहरमा लागू गरिएको निषेधाज्ञाको समयमा समग्र मानव अधिकारको स्थिति, मृतक परिवार र घाइतेहरूको अवस्था बुझ्ने काम निरन्तरता दिइरहेको छ।

आयोगले प्रेस विज्ञप्ति जारी गर्दै सबै पक्षलाई हिंसात्मक कार्य नगर्न आह्वान गरेको छ। विज्ञप्तिमा भनिएको छ, “अब यस प्रकारका घटना नदोहरियोस् भन्ने सुनिश्चित गर्दै कोही पनि हिंसात्मक कार्य नगर्न सबैमा आग्रह गर्दछौं। देशको वर्तमान अवस्थालाई सामान्य बनाउन सबै पक्ष संयमित हुनुपर्छ।”

आयोगका प्रमुख सन्देशहरू :

मानव अधिकारकर्मी, सञ्चारकर्मी र अत्यावश्यक सेवा प्रदायकको आवतजावतमा सहजता सुनिश्चित गर्न सबैले सहयोग गर्न।

लोकतान्त्रिक विधि र प्रक्रियाबाट नै राजनीतिक निकास खोज्न।

संकटको घडीमा राज्यका सबै निकाय र आम नागरिकको सक्रिय भूमिका आवश्यक।

लोकतन्त्रको विकल्प लोकतन्त्र मात्र हो, र जनताको हक अधिकारको सुरक्षा सर्वोच्च प्राथमिकता।

आयोगका सहसचिव एवं प्रवक्ता डा। टीकाराम पोखरेलले भने, “राष्ट्रिय मानव अधिकार आयोग आवश्यक भूमिका निर्वाह गर्न सदैव तत्पर छ र देशमा शान्ति, सुरक्षा र लोकतान्त्रिक मूल्य सुनिश्चित गर्न सम्बन्धित सबै पक्षलाई अनुरोध गर्दछ।”

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *