देश

सभापति देउवाद्धारा गगन–विश्वप्रकाशसँग जेनजी आन्दोलन र सामाजिक सञ्जाल बन्दबारे छलफल, प्रधानमन्त्रीसँग छलफल गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँग सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय र जेनजी पुस्ताको प्रदर्शनबारे छलफल गरेका छन्।

देउवाले आफ्नो निवास बूढानीलकण्ठमा बोलाएर महामन्त्रीद्वयसँग दुईवटै विषयमा छलफल गरेका हुन्। देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिँदै भने, “सभापतिज्यूले महामन्त्रीद्वयसँग सामाजिक सञ्जाल बन्द र जेनजी पुस्ताको प्रदर्शनबारे छलफल गर्नुभएको हो।”

भेटमा महामन्त्री थापाले जेनजी युवापुस्ताको भावना, विद्यार्थीमा परेको प्रभाव, विदेशमा रहेका छोराछोरीसँग सम्पर्कमा आएका आमाबाबुलाई परेको असुविधा, चाडपर्वमा र डिजिटल–संगीत व्यवसायमा परेको असरको विषयमा सरकारलाई सुझाव दिनुपर्ने बताएका थिए।

सभापति देउवाले पार्टीका मन्त्रीहरू मार्फत् र आवश्यक परे प्रधानमन्त्री केपी शर्मा ओलीसँग यसबारे छलफल गर्ने योजना रहेको बताइन्। यद्यपि स्वकीय सचिवका अनुसार अहिलेसम्म प्रधानमन्त्रीसँग भेट्ने कार्यक्रम तय भइनसकेको छ

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *