काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले काठमाडौं महानगरले ट्रकबाट निकालिने फोहोर पुनः उपयोगी बनाउने कबाडी व्यवसायीहरूलाई ‘दुस्मन’को रूपमा प्रस्तुत गरेकोप्रति असन्तुष्टि जनाएका छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै साहले भने, “काठमाडौं स्मार्ट सिटी हो, यसमा कबाडी राख्नुहुँदैन र कबाडीले फोहोर गर्छन् भन्ने अनेकौं कुरा सुन्नमा आएको छ। तर वास्तवमा, कबाडी व्यवसायीहरूले ट्रकका ट्रक काम नलाग्ने फोहोरलाई संकलन गरी फ्याक्ट्रीमा पुर्याउँछन् र पुनः उपयोगी बनाउँछन्। उनीहरू के साँच्चिकै काठमाडौंका दुस्मन हुन्रु”
साहले कबाडी व्यवसायीहरूको योगदानलाई सही रुपमा बुझ्न र सम्मान दिन आवश्यक भएको बताए। उनका अनुसार, शहरको सफाइ र फोहोर व्यवस्थापनमा यी व्यवसायीहरूको भूमिका महत्वपूर्ण छ, र उनीहरूमाथि नकारात्मक दृष्टिकोण राख्नु अनुचित छ।




