काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दा उच्च अदालत बुटवलका न्यायाधीश सागर विष्टको एकल इजलासमा परेको छ।
अदालतका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार आज उक्त मुद्दा न्यायाधीश विष्टको इजलासमा पेश भएको हो।
लामिछानेकी पत्नी निकिता पौडेलले सोमबार श्रीमानको तर्फबाट रिट दायर गर्दै बिगो तोकिएको रकम बराबरको बैंक जमानत लिएर हिरासतबाहिरैबाट मुद्दा लड्न पाउने व्यवस्था मिलाउन माग गरेकी थिइन्।




