राजनीति

सहकारी ठगी अभियुक्त रविलाई महामन्त्री थापाको कडा जवाफ : पहिला दोषी भए जेल जाने अनि अहिले प्रतिशोध ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणमा कारागारमा थुनामा रहेका लामिछाने र रास्वपाको व्यवहारप्रति कडा आलोचना गरेका छन् । बिहीबार संघीय संसदमा बोल्दै महामन्त्री थापाले रास्वपा सभापतिमाथि मान्छे छक्याउने र छुक्याउने कला भएको तर देशको संविधान, सरकार , अदालत र अनुसन्धानका निकाय र अदालतको आदेश मान्ने कला नभएको भन्दै चर्को आलोचना गरे । लामिछानेले संसदीय छानबिनकै क्रममा आफु दोषी भए जेल जान तयार रहेको बताउँदै आएका थिए । तर अहिले दोषी पुष्टी हुँदै जादाँ सरकारमाथि आरोप लगाउँदै प्रतिशोध भन्दै आएका छन् । सोही विषयमा महामन्त्री थापाले कडा जवाफ फर्काएका हुन् ।

प्रचण्ड नेतृत्वको सरकारमा गृहमन्त्री बनेका रविमाथि सोही समयमा सहकारी प्रकरणनको निवेदन परेको र आफुले देशको समस्या र सहकारी ठगीको समस्या हल गर्न प्रश्न उठाएपछि सुर्य थापा नेतृत्वको संसदीय छानबिन समितिको प्रतिवेदनले लामिछानेमाथि अनुसन्धान गर्न निष्कर्ष निकालेको महामन्त्री थापाले स्मरण गराए । उनका अनृुसार सो समयमा र लामिछानेले आफुमाथि अनुसन्धान गराएर दोषी करार गर्न सरकारलाई चुनौती दिदैँ आएका थिए ।प्रधानमन्त्रीमा प्रचण्ड थिए भने गृहमन्त्रीमा रास्वपा सभापति समेत रहेका लामिछने थिए । सरकारको अनुमतीमा सबै दलको सहमतिमा सहमतिले प्रतिवेदनमार्फत लामिछानेमाथि कारबाही गर्न भनेपछि सरकारले अनुसन्धान प्रक्रिया अगाडी बढाएको थियो ।

जव समिति र अनुसन्धानका निकाय र अदालतले समेत सो सहकारी ठगी प्रकरणको अभियुक्त संलग्न रहेको भन्दै थुनामा बसेर अनुसन्धानलाई सहयोग गर्न अनुमित दियो । तर रास्वापले कहिले संसदमा असभ्य क्रियाकलाप गर्दै , हस्ताक्षर जम्मा गर्ने चन्दा संकलन गर्ने , सरकारका कुनै पनि निकायको निर्देशन नमान्ने गरेकोप्रति महामन्त्री थापाले कडा आलोचना र सुध्रन समेत सुझाव दिए । यस्तै थापाले सरकारले सहकारी प्राधिकरण गठन गरेको तर सो प्राधिकरणले सहकारीका बचतकर्ताहरुको रकम फिर्ता गराउने काम गर्न नसकेको भन्दै सहकारी ठगीका अभियुक्तहरुलाई लाइनमा राखेर बिगो भराउनुपर्ने बताए । सरकारले सहकारी पीडितको रकम फिर्ता गराउन तिव्र गतिमा काम गर्न नसकेको उल्लेख गर्दै राम्रो काम गर्नेलाई अगाडी बढाउन आवश्यक रहेको उल्लेख गरे ।

रवि लामिछानेमाथि भएको कथित राजनीतिक प्रतिशोधको विषयमा प्रश्न उठाउँदै पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बाबुराम भट्टराईको व्यवहारमाथि समेत आलोचना गरे । थापाले भने, “सहकारी ठगीमा कांग्रेस–एमालेसहित करिब ६ सय व्यक्तिहरू थुनामा छन्, थुप्रै धरौटीमा छुटेका छन्, कतिपय फरार छन्। तर, एउटा व्यक्तिमात्र राजनीतिक प्रतिशोध भयो भन्दै कोलाहल मच्चाइएको छ। अनि पूर्वप्रधानमन्त्रीहरू राजनीतिक प्रतिशोध भयो भनेर को पहिला भेट्ने भन्दै दौडिरहेका छन्।”

महामन्त्री थापाले रविलाई लक्षित गरेर प्रतिशोध भएको दाबी गर्दा उही अभियोगमा थुनामा रहेका छविलाल जोशीको स्थिति अनदेखा गरिएको भन्दै प्रश्न गरे। उनले स्पष्ट पारे, “रविलाई राजनीतिक प्रतिशोध भएको हो भने छविलाल जोशीमाथि के भएको हो ? ९ वटा अदालतले छानबिन गरे तर कसैले पनि सफाइ पाएको छैन। सर्वोच्चलेदोषी ठहर गरेको छ र थुनाबाहिर राख्न नहुने निर्णय गरिसकेको छ। यस्तो अवस्थामा राजनीतिक प्रतिशोध कसले गरेको हो ?” अदालतले अभिुक्त करार गरिसकेपछि सरकारमाथि विभिन्न आरोप किन लगाउने ?देशमा अदालतभन्दा माथिको छ?

थापाले राजनीतिक दल र सरकारले प्रतिशोधको धारणा राख्नु स्वाभाविक भए पनि सर्वोच्च अदालतले प्रतिशोध साध्यो भन्ने धारणा स्वीकार्य नभएको स्पष्ट पारे। उनले प्रचण्ड र बाबुरामले अदालतको आदेशलाई राजनीतिक रूपमा व्याख्या गर्दै दौडिनु ‘छट्टु’ जस्तो व्यक्तिगत प्रतिक्रिया भएको व्यंग्यसमेत गरे।

विश्लेषकका अनुसार, गगन थापाको यो अभिव्यक्तिले राजनीतिक प्रतिशोध र न्यायिक स्वतन्त्रता बीचको अन्तर स्पष्ट गर्ने संकेत मात्र होइन, सार्वजनिक बहसको अवसर पनि सिर्जना गरेको छ। पछिल्लो पटक प्रचण्ड रविलाई बचाउन फुलपाती गोजीमा बोकेर भगवानको प्रार्थना गर्दै नख्खु जेलसम्म पुग्न थालेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *