राजनीति

सहकारी ठगी प्रकरण : भैरहवा कारागारबाट नख्खु जेलमा रवि, राजनीतिक भेटघाट बाक्लो, हुलाक घर जस्तै नख्खु जेल !

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई रूपन्देही कारागारबाट काठमाडौं ल्याएर ललितपुरको नख्खु जेलमा राखिएको छ । उनी कारागारमा बस्दै राजनीतिक भेटघाट र शक्ति समीकरणका एजेन्डा अघि सारिरहेका छन् ।

बुधबार माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लामिछानेलाई भेटे । भेटमा लामिछानेले आफू निर्दोष भएको दाबी गर्दै कांग्रेस र एमालेले योजनाबद्ध रूपमा फसाएको  आरोप लगाए । उनले आफू जेलमा पुगे पनि राजनीतिक रूपमा पार्टीलाई फाइदा भएको बताए ।  आफ्ना सभापति रवि लामिछानेलाई सरकारले प्रतिशोध साँधेर    सरकारलाई आरोप लगाउदै रास्वापाले हस्ताक्षर संकलनको नामा चन्दा समेत असुलेको थियो । साे चन्दा पार्टीका अन्य कोहीमाथि मुद्धा परे ओताउने छानो हुने रास्वपाकै केही नेताहरु विभिन्न सामाजिक संजालमा भन्दै आएका छन् ।

सो विषयमा समेत रास्वपाको चर्का आलोचना भयो । तर अझै हस्ताक्षरको माहोलमैँ लाग्ने रणनीति रास्वपाको छ । सरकारले त्यसो प्रतिकार र आलोचना गर्दै आएको छ । अदालतमा मुद्धा भएको व्यक्तिले अदालतको मानहानी हुने गरी दिएको अभिव्यक्तिका बारेमा न्यायमूर्तीहरुले प्रश्न खडा गर्न थालिसकेका छन् ।

प्रचण्डले भने लामिछानेप्रति गठबन्धनको व्यवहार अनुदार भएको स्वीकार्दै, अदालतले तोकेको बिगो बुझाएर मुद्दा लड्न पाउने अवसर दिनु न्यायोचित हुने टिप्पणी गरे ।

तर यता, हजारौँ सहकारी पीडित अझै आफ्नो पसिनाको कमाइ फिर्ता पाउने आशामा प्रतीक्षारत छन् । काठमाडौं, चितवन, कास्की, रूपन्देही, पर्सालगायतका सहकारीहरूमा लामिछानेले ऐन विपरीत अर्बौँ रुपैयाँ ऋण लिएर नतिरेको, बिना जमानी ऋण निकासा गर्ने गैरकानुनी अभ्यासलाई संस्थागत गरेको र हजारौँ बचतकर्ताको पूँजी डुबाएको अभियोग छ।

लामिछानेले आफ्नो बचाउमा राजनीतिक अभियान चलाइरहेका बेला सहकारी घोटालाका अन्य मुख्य नाइके जिबी राई भने अझै पक्राउ परेका छैनन् । सरकारले उनलाई अन्तर्राष्ट्रिय सहयोगमार्फत नेपाल ल्याउने प्रयास भइरहेको जनाएको भए पनि प्रक्रिया ढिलो गतिमा अघि बढिरहेको छ ।

यसबीच, कारागारभित्रै राजनीतिक भेटघाटलाई निरन्तरता दिनु रास्वपाको रणनीतिक चाल देखिएको विश्लेषण गरिन्छ । तर पीडितहरूको प्रमुख चिन्ता भनेको आफ्नो बचत फिर्ता हुनेबारे सरकार र न्याय प्रणालीले कहिले ठोस जवाफ दिने हो भन्ने हो ।

राजनीतिक भेटघाट र आरोप–प्रत्यारोपको घेराबन्दीबीच सहकारी ठगीबाट प्रभावित नागरिक अझै दैनिक ऋण, घरखर्च र जीविकोपार्जनको संकटमै अल्झिएका छन्, तर घोटालाका मुख्य खेलाडीहरू भने कानुनी प्रक्रियालाई ढाल बनाउँदै राजनीतिको आडमा जोगिन खोजिरहेका छन् ।

अहिलेसम्म लामिछानेले   देशका चार अदालतमा दुई करोडभन्दा बढी धरौटी बुझाई सके । धरौटी बुझाएर बाहिर बसेर मुद्धा लड्न अदातले मौका भने यसअघि नै दिएको थियो ।गतिविधि असामान्य गर्न थालेको भन्दै पुनः थुनामा रहेर मुद्धा लड्न अदालतलेआदेश गरेको हो ।   तर गत चैत्र १५ मा तीनकुने क्षेत्रमा भएको राजावादीको एक पत्रकार र अर्का एक युवाको ज्यान लिएको थियो । गणतन्त्रवादी तथा राजवादीको विवाद र आन्दोलनका विषयमा लामिछाने मौन हुँदा ऋषले चुर भएका प्रचण्ड पुनः लामिछानेका विषयमा भेटघाट गर्न थालिसकेका छन् । हुन त प्रचण्ड रविको स्वास्थ्य अवस्था बुझन र सो जेलको सुविधा हेर्न पुगेका थिए । सो भेटमा नख्खुको सुविधा राम्रो भएको प्रतिक्रिया दिएका थिए । स्वास्थ्यमा समस्या आएपछि अस्पालले परिक्षण गरेर भिटामिन डी कम भएको भन्दै सुझाव दिएका थिए । अहिले लामिछानेको स्वास्थ अवस्था सामान्य भएको बुझिएको छ ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *