राजनीति

नेकपा एमालेसँग अहिले कुनै एकता संभावना छैन : अध्यक्ष नेपाल

काठमाडौं । राष्ट्रियसभा गृहमा आयोजित नेकपा एकीकृत समाजवादी र एकता राष्ट्रिय अभियानबीच भएको एकता समारोहमा बोल्दै एकिकृत समाजावादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले नेकपा एमालेसँग अहिले कुनै एकताको संभावना नरहेको बताएका छन् । नेकपा एमालेमा विभिन्न किसिमका गतिविधि बढिरहेको भन्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । अध्यक्ष नेपालले एकिकृत समाजवादी पार्टीलाई सिध्याउन नेकपा एमाले लागि परेको भन्दै आक्रोष व्यक्त गरे ।

माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी र बामदेव गौतम नेतृत्वको एकता राष्ट्रिय अभियानबीच भएको एकतापछि माधव नेपाल र वामदेव गौतमले अंगालो हालेका थिए। त्यस्तै झलनाथ खनालसँग पनि गौतमले अंकमाल गरेका थिए। पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले आफू १०० वर्षको उमेरसम्म कम्युनिस्ट आन्दोलनमा सक्रिय रहने दृढ अठोट व्यक्त गरेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *