काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले सरकारका दुई मन्त्रीको घुस डिलसम्बन्धी अडियो सार्वजनिक भएपछि संसदमा सरकारको जवाफ माग गरेको छ। आइतबार प्रतिनिधिसभाको बैठकमा माओवादी सांसद दुर्गा राई , रेखा शर्मा र प्रमुख सचेतक हितराज पाण्डेले पनि सोही कुरा दोहो¥याउदै प्रधानमन्त्रीसँग स्पष्ट जवाफ माग गरिन्। पाण्डले भ्रष्ट्राचार नियन्त्रणका लागि गठीत सरकारले भ्रष्ट्राचारीहरुको संरक्षण गरेको भन्दै सरकारको कडा आलोचना गरे ।
उनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीको नाम जोडिएको अडियोप्रति गम्भीर प्रश्न उठाउँदै भनिन्, “प्रधानमन्त्रीले ‘म घूस लिँदिन, अरूलाई पनि लिन दिन्न’ भनेको तुक्काले पुग्छ त?”
राईले भनिन्, “यो विषय केवल मन्त्री गुप्ताको मात्र होइन, प्रधानमन्त्रीको पनि हो। मन्त्रीहरूले भ्रष्टाचार गरे भने त्यसमा प्रधानमन्त्रीको पनि जिम्मेवारी हुन्छ।” उनले पालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरुवा र भूमि आयोगका पदस्थापनका क्रममा घुसको सेटिङबारे समाचार आएका प्रसङ्ग पनि उल्लेख गरिन्। सांसद राईले भने, “अब त मन्त्रीहरूले नैतिकता देखाउने कुरा त टाढाको भयो, सरकारचाहिँ यस्तो घुस प्रकरणमा एक्सन लिन्छ कि लिँदैनरु” उनले सभामुखमार्फत प्रधानमन्त्रीले सदनमा जवाफ दिन र आवश्यक निर्देशन दिन माग गरिन्।
सरकारका दुई मन्त्रीको अडियोमा भएको घुस मिलेमतोको विषय संसदसम्म पुगेको छ। अब सरकारको प्रतिक्रिया महत्वपूर्ण हुनेछ — कानुनी प्रक्रिया अघि बढ्ने हो कि राजनीतिक मौनतामै सीमित रहने हो?




