काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापासँग छलफल गरेका छन्।
आज बिहान आफ्नै निवास बुढानीलकण्ठमा महामन्त्री थापासँग छलफल भएको थियो। महामन्त्री थापासँगको छलफलपछि सभापति देउवाले आजै अपराह्न ४ बजे पार्टीका शीर्ष नेताहरूलाई बुढानीलकण्ठमा बोलाएका छन्।शीर्ष नेताहरूसँग सभापति देउवाले समसामयिक राजनीति र पार्टीको आन्तरिक राजनीतिको विषयमा छलफल गर्ने बुझिएको छ।
कांग्रेसमा खासगरी सात भ्रातृ संस्थाले महाधिवेशन गर्न नसकेपछि ती भ्रातृ संस्थाको तदर्थ समितिलाई खारेज गर्ने वा पुनः म्याद थप्ने भन्ने विषयमा कांग्रेसमा पेचिलो बनेको छ।
त्यस्तै कांग्रेसको यसअघि स्थगित केन्द्रीय समितिको बैठक बोलाउने विषयमा पनि छलफल हुने प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए।




