देश

महान्यायाधिवक्ताको लिखित तर्क –रवीन्द्र मिश्र गैरकानूनी थुनामा छैनन्

काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई गैरकानूनी रूपमा थुनामा राखिएको भन्ने आरोपको सन्दर्भमा महान्यायाधिवक्ता रमेश बडालले सर्वोच्च अदालतमा लिखित जवाफ बुझाएका छन्।

बडालले मिश्रलाई पक्राउ गर्दा मुलुकी फौजदारी कार्यविधि संहिताअनुसारको कानुनी प्रक्रिया पूरा गरिएको र अदालतको आदेशअनुसार न्यायिक हिरासतमा राखिएको बताएका छन्।

मिश्रलाई चैत १५ गते तीनकुनेको राजावादी आन्दोलनमा संलग्न भएको आरोपमा पक्राउ गरिएको थियो। उनका विरुद्ध सारिका मिश्रले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। तर, महान्यायाधिवक्ताको कार्यालयले मिश्रको थुनालाई कानुनी र औपचारिक प्रक्रिया अनुसार भएको दाबी गर्दै गैरकानूनी भन्न नमिल्ने स्पष्ट पारेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *