राजनीति

सांसद सिंहको कटाक्ष :“गभर्नर नियुक्तिमा लाज लजाउँछ, सरकार लजाउँदैन”

काठमाडौं । गभर्नर नियुक्तिको प्रक्रियाप्रति कडा टिप्पणी गर्दै सांसद प्रकाशमान सिंहले सरकारमाथि गम्भीर प्रश्न उठाएका छन्। बिहीबारको प्रतिनिधिसभा बैठकमा उनले भने, “अहिलेको गभर्नर नियुक्ति प्रक्रिया देख्दा लाज लजाउँछ, तर सरकारलाई भने कुनै लाज लाग्दैन।”

उनले राजनीतिक दलसँग आबद्ध व्यक्तिहरूलाई उच्च संवैधानिक पदमा नियुक्त गर्ने चलनको आलोचना गरे। “चुनाव लड्ने, हार्ने अनि राष्ट्र बैंकको गभर्नर बन्नेरु यो गलत परम्परा हो,” उनले भने। सिंहका अनुसार, राष्ट्र बैंक ऐनले स्पष्ट रूपमा गभर्नर राजनीतिक गैरसदस्य हुनुपर्ने व्यवस्था गरेको छ।

सांसद सिंहले हरेक निकायमा दलका कार्यकर्ताहरूलाई नियुक्त गर्ने प्रवृत्तिमाथि पनि आपत्ति जनाए। “राष्ट्र बैंकजस्तो प्राविधिक संस्थामा विज्ञभन्दा कार्यकर्ता खोज्ने चलनले व्यवस्था नै बिग्रन्छ,” उनको भनाइ थियो।

उनले हालका डेपुटी गभर्नरलाई योग्य उम्मेदवार भन्दै, “के महिला भएकै कारण उनलाई गभर्नर बनाइँदैनरु” भन्ने प्रश्न समेत उठाए। सिफारिस समिति (सर्च कमिटी) को कामप्रति पनि सिंहले शंका व्यक्त गरे। “१० दिनमा राजीनामा, १० दिनमै अर्को नियुक्तिरु यस्तो त मजाक जस्तै हो,” उनले टिप्पणी गरे।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *