राजनीति

सत्य निरुपण तथा बेपत्ता आयोगमा नयाँ नेतृत्व नियुक्त,गभर्नर सिफारिस समितिमा विज्ञ सदस्य थपियो

काठमाडौं। नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार साँझ बसेको बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा महेश थापा र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्षमा लीलादेवी गड्तौलालाई नियुक्त गर्ने निर्णय गरेको छ।

नेपाल सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्थीसुब्बा गुरुङले सो जानकारी दिएका हुन्। अध्यक्ष थापा संखुवासभा र गडतौला तेह्रथुमका हुन्।

त्यस्तै मन्त्रिपरिषदको बैठकले गभर्नर नियुक्तिका लागि सिफारिस गर्न गठित समिति पनि पुनःगठन गरेको छ । समितिमा पूर्वगभर्नरबाट महाप्रसाद अधिकारी र विज्ञ सदस्यमा अर्थविद् पोषराज पाण्डेलाई नियुक्त गरिएको प्रवक्ता गुरुङले जानकारी दिएका छन् ।

 

सत्य निरुपण तथा मेलमिलाप आयोग

महेश थापा (संखुवासभा) अध्यक्ष
अच्युत प्रसाद भण्डारी (जाजरकोट) सदस्य
डा. टीका प्रसाद ढकाल (पाँचथर) सदस्य
पदम बहादुर शाही (जुम्ला) सदस्य
कुमारी कौशल्या ओझा (कञ्चनपुर) सदस्य
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग

लीला देवी गड्तौला (तेह्रथुम) अध्यक्ष
गोपाल नाथ योगी (सल्यान) सदस्य
अग्नी प्रशाद थपलिया (झापा) सदस्य
सृजना पोख्रेल (काठमाडौं) सदस्य
बिनिता नेपाली (कास्की) सदस्य

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *