देश

सगरमाथा संवाद २०२५: तयारी अन्तिम चरणमा, नेपालले अन्तर्राष्ट्रिय जलवायु छलफलमा नेतृत्वदायी भूमिका खेल्ने

काठमाडौं ।  परराष्ट्र मन्त्री तथा सगरमाथा संवाद २०२५ व्यवस्थापन समितिका संयोजक डा. आरजु राणा देउवाले आगामी मे १६ देखि १८ (जेठ २ देखि ४) सम्म काठमाडौंमा आयोजना हुने सगरमाथा संवाद २०२५को तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएकी छन्। सिंहदरबारमा आयोजित मिडिया ब्रिफिङमा मन्त्री देउवाले संवादको तयारी र कार्यक्रमका मुख्य पक्षबारे जानकारी गराउँदै यो संस्करणले जलवायु परिवर्तन, पर्वतीय क्षेत्रको भविष्य र मानवताका लागि आवश्यक सहकार्यलाई विश्व मञ्चमा उजागर गर्ने बताइन्।

नेपालले आयोजना गर्न लागेको सगरमाथा संवाद कार्यक्रममा संवादमा करिब १७५ जना विदेशी पाहुना र करिब त्यतिकै संख्यामा नेपाली सहभागीसहित करिब ३५० जना सहभागीहरूले भाग लिने मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार १२ वटा देशबाट उच्च तह प्रतिनिधिमण्डलहरू सहभागी हुनुहुने छन् जसमा संसद्का उपाध्यक्षदेखि मन्त्रीहरू सहभागी हुनेछन् । सो सगरमाथ संवाद कार्यक्रममा ६ वटा विषयमा केन्द्रित हुनेछन । सार्क, बिमस्टेक, वर्ल्ड बैंक, एडिबी, लस एण्ड ड्यामेज फण्ड, आईपीसीसी, यूएनएफसीसीसी, युएन ईएससीएपी, आईआरइएन, एल्पाइन कन्भेन्सन र विकास सहयता संस्था, विश्वविद्यालय, थिंकट्यांक, अनुसन्धान तथा सोध केन्द्र, नागरिक समाज, गैरसरकारी संस्था लगायत विदेशी प्रतिनिधि तथा दर्जनौँ स्वदेशी संगठन संस्थाहरु यसमा भाग लिने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

चीनबाट नेशनल पिपल्स कंग्रेस (एनपीसी) का उपाध्यक्ष सिआयो जी आउने भएका छन् भने भारतबाट त्यहाँका वन मन्त्री भूपेन्द्र यादव पनि आउने भएका छन् ।

अजरबैजानका प्राकृतिक स्रोतमन्त्री मुख्तार बाबायेभ, बंगलादेशका सामाजिक कल्याण मन्त्रालय र महिला तथा बालबालिका मन्त्रालयका सल्लाहकार सर्मिन सोनेया मुर्सिद, भुटानका उर्जामन्त्री जेम छिरिङ, माल्दिभ्सका पर्यटन तथा वतावरण मन्त्री थोरिक इब्राहिम, जपानका उपविदेशमन्त्री इकुइना अकिको, संयुक्त अरब इमरेट्सका उर्जा तथा दिगोपानाका लागि सहायक विदेश मन्त्री अब्दुला बलाला, संयुक्त राज्यबाट त्यहाँ संसदीय मामिलाका सहसचिव ब्यारोनेस सुसान हेम्यानलागयतका प्रतिनिधिहरू सो सगरमाथा संवाद कार्यक्रममा सहभागित जनाउनेछन् ।


“जलवायु परिवर्तन र पर्वतीय भविष्यका लागि साझा मञ्च”

सगरमाथा संवाद नेपालले स्थापना गरेको अन्तर्राष्ट्रिय मञ्च हो, जसले जलवायु परिवर्तन, पर्वतीय अर्थतन्त्र र वातावरणीय न्यायका मुद्दामा छलफल र सहकार्य गर्ने उद्देश्य राखेको छ। मन्त्री देउवाले भनिन्, “हामीले जलवायु परिवर्तनको प्रभावसँग जुझ्न अन्तर्राष्ट्रिय सहकार्यलाई सुदृढ बनाउनेछौं। यो संवादले विश्वव्यापी ऐक्यबद्धता निर्माण गर्नेछ।”

संवादको मुख्य थिम:

  • Climate Change, Mountains, and the Future of Humanity


कार्यक्रम संरचना: पाँच मुख्य सत्रहरू

उद्घाटन सत्र (Opening Session):

  • मिति: मे १६, २०२५

  • स्थान: द सोल्टी होटल

  • सम्माननीय प्रधानमन्त्रीको सम्बोधन र मन्त्री देउवाको स्वागत मन्तव्य रहनेछ।

  • चीन र भारतका प्रतिनिधिमण्डलहरूको नेतृत्वकर्ता तथा COP29 का अध्यक्षले विशेष सम्बोधन गर्नेछन्।

  • संयुक्त राष्ट्रसंघका महासचिवले पठाएको भिडियो सन्देश प्रस्तुत गरिनेछ।


पूर्ण बैठक (Plenary Session):

  • अन्तर्राष्ट्रिय सम्मेलनको प्रारूपमा आयोजना गरिने यो सत्रमा २३ प्रतिनिधिमण्डलले आ-आफ्ना विचार व्यक्त गर्नेछन्।

  • प्रत्येक प्रतिनिधिमण्डललाई ५ मिनेटको समय प्रदान गरिनेछ।

  • छलफलको मुख्य केन्द्रबिन्दु जलवायु परिवर्तन र पर्वतीय क्षेत्रमा देखिएका समस्या र समाधानमा हुनेछ।


समांतर सत्रहरू (Parallel Sessions):

  • “Limiting Temperature Rise below 1.5°C,” “Sustaining Mountain Economy,” “Gender and Intergenerational Equity,” लगायत १२ छुट्टाछुट्टै विषयहरूमा गहन छलफल हुनेछ।

  • प्रत्येक सत्रमा एकजना मोडरेटर, एकजना मुख्य वक्ता (keynote speaker)चारजना प्यानलिस्ट रहनेछन्।

  • सहभागीहरूमध्ये विशेष गरी युवाहरूको प्रतिनिधित्वलाई प्राथमिकता दिइनेछ।


बहु-भागीदार गोलमेच बैठक (Multistakeholder Roundtable):

  • ग्लोबल र क्षेत्रीय साझेदारीको आधारमा जलवायु र पर्वतीय क्षेत्रका विषयमा छलफल हुनेछ।

  • विभिन्न सरकारी, गैरसरकारी, विकास साझेदार र थिंकट्याङ्कका प्रतिनिधिहरू सहभागी हुनेछन्।


समापन सत्र (Closing Session):

  • मिति: मे १८, २०२५

  • संवादको परिणामलाई अनुमोदन गरी समापन गरिनेछ।


सहायक कार्यक्रमहरू

संवादका अतिरिक्त, निम्न सहायक कार्यक्रमहरू पनि सञ्चालन गरिनेछ:

  • एभरेस्ट क्षेत्रको हवाई भ्रमण (Mountain Flight)

  • हिन्दु कुश हिमालय क्षेत्रीय मन्त्रीस्तरीय बैठक

  • वातावरण प्रदूषणसम्बन्धी विशेष छलफल

  • नेपाली अर्ग्यानिक चियाको स्वाद परीक्षण

  • बज्रा इको-स्कूलको भ्रमण


विदेशी प्रतिनिधिमण्डलको उल्लेखनीय सहभागिता

संवादमा १७५ जना विदेशी अतिथिसहित १२ देशका उच्च प्रतिनिधिमण्डल सहभागी हुनेछन्।
प्रमुख प्रतिनिधिहरू:

  1. H.E. Mr. Xiao Jie – चीन

  2. H.E. Shri Bhupender Yadav – भारत

  3. H.E. Mr. Mukhtar Babayev – अजरबैजान

  4. H.E. Gem Tshering – भूटान

  5. H.E. Thoriq Ibrahim – माल्दिभ्स

  6. H.E. IKUINA Akiko – जापान

  7. H.E. Abdulla Balalaa – संयुक्त अरब इमिरेट्स


संवाद स्थल र मिडिया व्यवस्थापन

  • मुख्य कार्यक्रमहरू द सोल्टी होटलमा आयोजना हुनेछन्।

  • मिडिया सेन्टर, ब्रिफिङ कक्षअन्तर्वार्ता कक्षको व्यवस्था गरिनेछ।

  • कार्यक्रमको प्रत्यक्ष प्रसारण गरिनेछ र सोसल मिडियाबाट अद्यावधिक जानकारी उपलब्ध हुनेछ।


नेपालको कूटनीतिक छवि सुदृढ पार्ने अवसर

परराष्ट्रमन्त्री देउवाले संवादलाई नेपालको कूटनीतिक क्षमता उजागर गर्ने मञ्चको रूपमा लिएकी छन्। उनले भनिन्, “जलवायु न्याय र पर्वतीय संरक्षणका लागि नेपालले विश्वमञ्चमा नेतृत्वदायी भूमिका खेल्न सक्छ। यो संवाद केवल नेपालकै लागि होइन, सम्पूर्ण मानवताका लागि साझा मञ्च बन्नेछ।”

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *