देश

नारायणी अस्पतालको भवन निर्माणमा १.८ करोडको भ्रष्टाचार, ९ जना र ठेकेदार कम्पनीविरुद्ध मुद्दा

काठमाडौं । वीरगञ्जस्थित नारायणी अस्पतालको आकस्मिक कक्ष भवन निर्माणमा भएको करिब दुई करोडको भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ जना व्यक्तिसहित ठेकेदार कम्पनीमाथि विशेष अदालतमा मुद्दा दायर गरेको छ।

अख्तियारका अनुसार भ्रष्टाचारमा संलग्नमध्ये तत्कालीन प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. सञ्जयकुमार ठाकुर, शहरी विकास तथा भवन कार्यलय पर्साका तत्कालीन इन्जिनियर राजेन्द्र साह, इन्जिनियर  सकुर अन्सारी, अस्पतालका नासु शुशीलप्रसाद यादव, लेखापाल सुदीपकुमार माझी, मूल्यांक समिति संयोजक डा. वीरेन्द्रबहादुर प्रधान, सचिव माधवी चौधरी लगायत छन्।

मुद्दामा संलग्न ठेकेदार कम्पनी ‘लुम्बिनी मिसन जेभी’ तथा सम्बन्धित कम्पनीका प्रतिनिधिहरूमाथि पनि सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याएको आरोप छ। आयोगले १ करोड ८४ लाख ३८ हजार रूपैयाँ बराबरको बिगो दाबी गरेको छ।

अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार आर्थिक वर्ष २०७७र७८ मा आकस्मिक कक्षको भवन निर्माणको क्रममा इन्टरलक ब्लक बिछ्याउने कामको लागि ठेक्का प्रक्रिया हेराफेर गरिएको र एक मात्र प्रतिस्पर्धी लक्षित गरी ठेक्का सम्झौता गरिएको प्रमाण भेटिएको छ।

यस घटनाले सरकारी अस्पताल निर्माणमा हुने अनियमितताको गम्भीर उदाहरण प्रस्तुत गरेको छ।

dfgdfgfh

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *