
काठमाडौं । निजामती कर्मचारी ट्रेड युनियनले सरकारलाई ७२ घण्टे अल्टिमेटम दिँदै १० बुँदे माग अघि सारेका छन्। युनियनले माग सम्बोधन नभए आन्दोलनको अर्को चरणमा जाने स्पष्ट चेतावनी दिएको छ।
मंगलबार बसेको संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा युनियनका नेताहरूले यो अल्टिमेटम प्रस्तुत गरेका हुन्। नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष अम्बादत्त भट्टले समितिसामु बोल्दै, निजामती कर्मचारी विधेयक तुरुन्त अघि बढाउन आग्रह गरे।
ू७२ घण्टाभित्र माग सम्बोधन नभए आन्दोलनको अर्को चरण सुरु हुनेछ, अध्यक्ष भट्टले भने। उनको भनाइ अनुसार १२ वैशाखबाट सुरु हुने संसद्को अधिवेशनमै विधेयक पेस भई प्रक्रिया अघि बढ्नुपर्ने छ।
ट्रेड युनियनले उठाएका प्रमुख माग यस्ता छन् ः
ट्रेड युनियन अधिकारको सुनिश्चितता,कर्मचारी वृत्ति विकास नीति,सरुवा र समायोजन प्रणालीको पारदर्शिता,स्थानीय तहमा पदस्थापनको स्पष्टता,अस्थायी करार सेवाको व्यवस्थापन, स्वास्थ्य र संसद् सेवाका कर्मचारीसम्बन्धी व्यवस्था ।
युनियन नेताहरूले संविधानअनुसारको अधिकार सुनिश्चित गर्नुपर्ने माग गर्दै आन्दोलनमै जानुपर्ने स्थिति नआओस् भन्ने अपेक्षा व्यक्त गरेका छन्।