काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक डाकेका छन् ।
आज साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक डाकिएको हो । यसअघि आजै प्रधानमन्त्री र काँग्रेस सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा एक घण्टा लामो भेटवार्ता भएको थियो ।
भेटवार्तापछि प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।




