राजनीति

एमालेमा विलिन हुँदै सिंगो समाजवादी प्रेस संगठन

काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा समाजवादी निकट पत्रकारहरुको सिंगो संगठन नै समाजवादी प्रेस संगठनमा विलिन हुने तयारीमा छ ।

समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणी सुवेदीको नेतृत्वमा रहेको अधिकांश पत्रकारहरु आज एमाले प्रवेश गर्ने तयारीमा छन् । एक हप्ता अघिदेखि एमालेका नेताहरुको दैनिक सम्पर्कमा रहेका विश्वमणीले सिंगो संगठन नै एमालेमा फर्काउने चाजोपाँचो मिलाएका हुन् ।

एसका लागि आज दिउसो १ बजे बागबजारस्थित होटल हार्दिकमा कार्यक्रम बोलाइएको छ । प्रवेश गर्ने तयारीमा रहेका दुइदर्जनभन्दा बढी पत्रकारहरुको नाम अहिलेसम्म गोप्य राखिएको छ ।

प्रवेश गर्ने तयारामा हरि जोशी, अर्जुन साह, नरेन्द्र विष्ट, राजकुमार एलेन, गणेश विक, नेपोलियन चेपाङ,आशिष गुरागाँई लगायतका पत्रकारहरु छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *