देश

असिउ देवताको आशीर्वाद र डडेल्धुरावासीको मायाँले म मुलुकको प्रधानमन्त्रीसम्म बनेँ : सभापति देउवा

डडेल्धुरा । पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अढाइ दशकपछि आफ्नो गाउँको असिग्राम असिउ मन्दिरमा पुगेर दर्शन गरेका छन् । सभापति देउवा गन्यापधुरा गाउँपालिका –१ रुवाखोलामा जन्मेका हुन् । सो ठाउँमा अवस्थित असिग्राम मन्दिरको शुक्रबार सभापति देउवाले दर्शन गरेका हुन् । असियु मन्दिरमा बिहीबार राति पूजाआजा गरी मेला लागेको थियो । असिउ मन्दिरमा भदौ र कात्तिक महिनाको चतुर्दशी तिथिमा पूजाआजा हुने गरेको छ ।

असिउ देवतालाई वडा १, गाउँको शक्तिशाली देवताका रुपमा पूजाआजा गर्ने परम्परा छ ।
सो मन्दिरमा परापूर्वक कालदेखि धार्मिक सांस्कृतिक परम्पराअनुसार असिउ देवताको पूजाआजा हुँदैआएको छ । उक्त मन्दिरमा पूजाआजा गर्दै सभापति देउवाले भने , ‘असिउ देवताको कृपा आशीर्वादले म मुलुकको कार्यकारी प्रधानमन्त्रीसम्म बनेँ । भगवानप्रति आस्था र विश्वास राख्दा आशीर्वाद पाइन्छ सभापति देउवाले भने । मुलुकमा दिगो शान्तिको कामना गर्दै मन्दिरमा पूजा गरेको बताएका सभापति देउवाले असिउ देवतालाई आसिग्राम र मणिलेकका नामले पुकार गरिने बताए ।

सभापति देउवा शनिबार प्रसिद्ध उग्रतारा भगवती मन्दिरको मेला (देहिजाँत) मा सरिक हुने उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिएका छन् । सभापति देउवासँगै देउवा पत्नी एवं पराराष्ट्र मन्त्री डा. आरजु राणा समेत मेलामा सरिक हुने छिन् । राणा मन्त्रि भएपछि पहिलो पटक उग्रतारा मेलामा सरिक हुन लागेको नेपाली कांग्रेस डडेल्धुराले जनाएको छ । सभापति देउवा शुक्रबार बेलुका डडेल्धुरा सदरमुकाम पुग्नेछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *