राजनीति

कांग्रेसका भेषबहादुर पौडेल गण्डकीको वन मन्त्रीमा नियुक्त

काठमाडौं । नेपाली कांग्रेसका भेषबहादुर पौडेल गण्डकीको वन मन्त्रीमा नियुक्त भएका छन् । पौडेललाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पौडेललाई नियुक्त गरेका हुन् । यसअघि स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले उक्त मन्त्रालय नलिने भनेर अस्वीकार गरेका थिए।

पौडेललाई वनमन्त्रीमा नियुक्त गरेपछि यो सँगै गण्डकी सरकारले पूर्णता पाएको छ । कांग्रेसभित्र संस्थापन इतर समूहका पौडेललाई महामन्त्री गगन थापाको सर्पोटमा वनमन्त्रीमा नियुक्त गरिएको हो ।

पौडेलले आजै साँढे ४ बजे शपथ लिने तयारी गरेको छ । मनाङेले भौतिकबाट वनमा सारेपछि मन्त्री पदबाटै राजीनामा दिएका थिए । गण्डकीमा हाल ९ मन्त्रालय छ। कांग्रेसबाट ४, एमालेबाट ४ र नेपाल समाजवादीबाट एक जना मन्त्री बनेका छन् ।

नयाँ समीकरणपछि गण्डकीमा कांग्रेसलाई मुख्यमन्त्री सहित ५ र एमालेलाई ४ मन्त्रालय पर्नेगरी भागबन्डा मिलाइएको थियो । कांग्रेसले आफ्नै कोटाबाट नेसपालाई मन्त्री बनाएको हो । यसअघि ७ मन्त्रालय रहेको यहाँ भागबन्डा मिलाउनकै लागि फुटाएर ९ पुर्‍याइएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *