काठमाडौं । धनी र गरिबबिचको खाडलले स्वास्थ्य उपचारमा नै समस्या सिर्जना गर्ने गरेको छ । आर्थिक रुपमा सम्पन्नता र विपन्नताका आधारमा स्वास्थ्य क्षेत्रमा समेत नकरात्मक संस्कारको विकास गरेको छ । सरकारी अस्पतालमा समेत धनी गर गरिबका लागि विरामीको बेड विभाजन गरिएको छ । धनी गरिब सबैलाई बेलाबखत रोग लाग्ने गर्छ । सम्पतीले सम्पन्नता भएकाहरुले नेपालका सरकारी तथा सामुदायिक अस्पतालहरुलाई विश्वास गर्दैन भने आर्थिक रुपमा विपन्न वर्गका लागि सरकारी अस्पताल सहज र सामुदायिक अस्पताल महँगो हुने गरेको छ ।
धनी र गरिब बिरामीलाई हेर्ने अस्पताल र डाक्टरहरुले बिरामीलाई हेर्ने नजर भने भिन्दै छ । गरिबलाई त बेड पाउन पनि मुस्किल छ । बेड नपाउँदा भुइँमै बसेर बिरामीको उपचार गरेको खबरहरु पनि बेलाबखत सार्वजनिक भइरहेको हुन्छन । गरिब बिरामीलाई डाक्टरले गर्ने व्यवहार निकै रुखो हुन्छ । तर धनीलाई हेर्ने नजर फरक छ ।
सरकारले निजामती कर्मचारीका लागि सिभिल अस्पताल बनाएको छ । निजामती कर्मचारीले धेरै छुटमा उपचार पाउँछन् । सुरक्षाकर्मीहरुको पनि आ–आफ्नो अस्पताल सञ्चालनमा छ । जनताको लागि के छ ? मुलुकभरका सरकारी अस्पताल अस्तव्यस्थ अवस्थामा छन् । प्राय सरकारी अस्पतालहरुमा औजार र डक्टरहरुको कमी भएका कारण समयमा विरामीहरुले उपचार पाउन मुस्किल परेको छ । सरकारी र संस्थागत अस्पतालहरुमा फरक सरसफाइ र सुविधा समेत फरक छ ।
विरामीले सरकारी अस्पतालमा अर्पेशन गर्नुपरेको अवस्थामा दुई वर्षसम्म पालो कुर्नुपर्ने अवस्था छ । तर धनीका लागि भने लामो समय पर्खिनुपर्दैन् । यस विषयमा संम्बन्धित सरोकारावालाहरुले समयमा नै ध्यान पु¥याउन आवश्यक छ । सबै सरकारी डुबाएर निजी उक्साउने प्रपञ्च हो ।
पछिल्लो समय अस्पताल बिरामीको ज्यान बचाउने भन्दा पनि व्यापार गर्ने थलो बनेको छ । विरामीको उपचार पहिला नै भुक्तानी गर्नुपर्ने यदि पैसा नभएको अवस्थामा अकालमा उपचार गर्नुअगावै पैसा तिर्न लगाउँछन् । औषधी पसलेले पनि औषधी दिनु अगावै पैसा माग्छन् । उपचार खर्च तिर्न नसक्दा कतिपयले अस्पतालकै छतबाट हाम्फालेको पनि हामीले सुनेका छौं । केही वर्षअगाडिको कुरा हो, एक जना किशोरले शिक्षण अस्पतालको छतबाट हाम्फालेर मरे ।
उनको मिर्गौला फेल भएको थियो । परिवारको कमजोर आर्थिक अवस्थाका कारण उनले उपचार गर्नुभन्दा पनि जीवन नै समाप्त पार्ने बाटो रोजे । अस्पतालले उपचारका नाममा मान्छेलाई सडकमा ल्याइदिन्छ । मान्छेको घरखेत सकिन्छ तर बिरामीको उपचार सकिँदेन् । यता, सबै सम्पत्ति उपचार खर्चमा लगाइसकेपछि पनि बिरामी बाँच्छ कि बाँच्दैन् ? टुंगो हुँदैन् ।
कतिपय लाश निकाल्न नसकेर अस्पतालबाटै भागेको घटनाहरु पनि छन् । केही वर्षअगाडि बुटवलमा एकदमै दुःखदायी घटना भयो । आमाले छोराको उपचारमा सबै सम्पत्ति सकाइन् । तर, छोरा बाँचेनन् । पछि उनीसँग लाश निकाल्ने पैसा पनि भएन् र उनी भागिनन् । हरेक अस्पतालले गरिब, विपन्नका लागि कुल बेडको १० प्रतिशत छुट्याउनुपर्ने नियम नै छ ।
तर, यो नियम लागु हुन सकेको छैन् । गरिबका लागि छुट्याएको बेडमा त पूँजीपति वर्गहरुले मोज गरिरहेका छन् । गरिब हेरेको हेर्यै । यता, सरकारले निःशुल्क दिएको औषधी चिकित्सकहरुले बेचेर पैसा आफ्नो गोजीमा हाल्छन् । गरिबले त एउटा सिटामोलसमेत पाउँदैन् । गरिबहरु बिरामी हुनेबित्तिकै जीवन अन्धकार देख्छन् । उपचार गर्ने पैसा नभएकाले उनीहरुले आत्महत्याको बाटो रोज्छन् । तर, जनताको करमा बाँचेकाहरु अलिकति पेट दुख्यो भने पनि उपचार गर्न विदेश पुग्छन् ।
कि माग कि जिन्दगी फाल, यो भन्दा अन्य विकल्प गरिब जनतासँग छैन् । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले करोडौं रुपैयाँ खर्च गरेर मिर्गौला फेरे । त्यो पनि जनताले तिरेको करमा । पैसा र पावर भएपछि दुईटा मिर्गौला फेरेपनि मान्छे बाँच्ने रहेछन् । पैसा र पावर नहुनेहरु त ज्वरो आएपनि मर्नुपर्छ ।
जनताको अवस्था नाजुक छ । जनताको सेवा गर्न राखिएका कर्मचारीहरु कार्यालयमा जाँड खाएर बस्छन् । नेताहरुलाई भ्रष्टाचार गरेर भ्याइनभ्याइ छ । अनि जनताको हितमा कसले काम गर्छ ? यहाँ त जनता जाऊन् भाडमा, सरकारी कर्मचारी र नेतालाई के मतलब ? सरकारी कर्मचारीलाई के ‘टेन्सन’ ?
मिर्गौला फेल भएपनि उपचार गर्न राज्यको ढुकुटी छँदै छ । नेताको हकमा पनि त्यही हो । मर्ने त यहाँ सीधासाधी जनता मात्र हुन् । केपीले देश र जनताका लागि केही गर्लान् भनेर देश–विदेशमा उपचार गराइयो, जनताले तिरेको करमा । तर, उनले नै सरकारी जग्गा नै व्यक्तिको नाममा पास गरिदिए ।
नेपालको संविधानले हरेक नागरिकको बाँच्न पाउने अधिकारको संरक्षण गरेको छ । जोसुकै होस्, उसले गाँस, बाँस, कपास, शिक्षा, स्वास्थ्य पाउनैपर्छ । दुर्भाग्यबस्, व्यवहारमा संविधान लागु हुने सकेन् । यहाँ त जसको शक्ति, उसैको भक्ति छ । जसले सक्छ, उसले खान्छ, अरु ट्वाल्ल रमिता हेरेर बस्ने हुन् । गरिबको नाम बेचेर कसैले अंकुत सम्पत्ति जोडे । गरिबहरु आज पनि जहाँको त्यही छन् ।
गरिबहरु उपचार नपाएर मर्ने दिन कुरेर बसेका छन्, नेताहरु हाँछ्यु आउनेबित्तिकै अस्पताल पुग्छन् । योभन्दा धेरै हकअधिकार किन चाहियो ? धनी होस् कि गरिब, हुन त नेपाली नै हुन् । धनी र गरिब दुवै मान्छे हुन् । उसले राज्यलाई तिर्ने कर र दिने भोट त एउटै हो । तर, उनीहरुबीच विभेद किन ?
सरकारी डाक्टरहरुले जनताले तिरेको करबाट तलब खाएका छन् । जनता भनेपछि सबै परे, धनी मात्र होइनन् । यद्यपि, उनीहरु बिरामीबिच नै विभेद गर्छन् । धनी र पहुँचवाला बिरामी भयो भने हजुर–तपाईं भन्छन् । चिप्लो घस्छन् । तर, त्यही ठाउँमा गरिब बिरामी हुनुपर्छ, फर्केर पनि हेर्दैनन् ।
हुन त धनी र पहुँचवालालाई राम्रो व्यवहार गर्दा धेरै उपकार पाइन्छ । यसको उदाहरण हुन्, डा अन्जान शाक्य । केपीले उनीमाथि कृपा बर्साइदिए । उनले केपीको मिर्गौला फेरेकी थिइन् । त्यसबापत उनले तलब लिएकी थिइन् । तर, केपीले उनलाई राष्ट्रिय सभाको सांसदमा मनोनित गरिदिए । अनि त चिप्लो घस्नु स्वाभाविकै पनि हो । जनताले त त्यो पद दिलाउन सक्दैनन् । स्वास्थ्य मन्त्रालयको जिम्मेवारी धेरैले सम्हालिसकेका छन् । तर, कुनैले स्वास्थ्य क्षेत्रमा सुधार गर्न सकेनन् । जो आउँछ, भ्रष्टाचार गर्छ अनि जान्छ । गगन थापा आए, भ्रष्टाचार गरे, हिँडे ।
अहिले काँग्रेसकै प्रदीप पौडेल छन्, उनी पनि सुधार गर्ने खालका देखिनन् । नेता र सरकारी कर्मचारी त जनताको लाश बेचेर पनि भ्रष्टाचार गर्छन् । यस्तो देशमा जनताले के सुःख पाउँछन् ? नेता र सरकारी कर्मचारीका लागि जनता भर्याङ्ग हुन् । जनता जहाँ पनि माध्यम । जसले पनि लुट्ने, ठग्ने भएकैले जनता भनिएको रहेछ । कर्मचारी र नेताको दम्भ बढ्दै गयो, जसका कारण आत्महत्याको बाटो रोज्ने बढे ।