देश

राष्ट्रिय सभा निर्वाचन : ५० प्रतिशत मत खस्यो, नतिजा आजै आउने

काठमाडौं । निर्वाचन आयोगले बिहीबार साँझ ७ बजेसम्म राष्ट्रिय सभा सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक हुने जनाएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार बिहानदेखि देशका सातै प्रदेशमा शान्तिपूर्ण रुपमा मतदान कार्य जारी छ ।

उनले हालसम्म ५० प्रतिशतभन्दा बढी मतदान भइसकेको जानकारी दिए ।

उनले भने , ‘‘एकदम शान्तिपूर्ण रुपमा मतदान कार्य सुचारु भई अगाडि बढेको छ । ५० प्रतिशतभन्दा बढी मत खसिसकेको छ । तर, मतदानका लागि दिउँसो ३ बजेसम्मको समय दिइएकोले मतदान कार्य बन्द हुँदैन ।’’

उनले त्यसपछि मुचुल्का गर्ने र यसको एक, डेढ घण्टापछि मतगणना सुरु हुने कार्यतालिका रहेको बताए ।

उनले भने , ‘‘आज बेलुका ६–७ बजेसम्म नतिजा आइसक्ने आयोगले अपेक्षा गरेको छ ।’’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *