रिबन

सहकारी पीडितहरु कार्यालय खोज्दै हैरान

काठमाडौं । बागमती प्रदेशको सहकारी कार्यालय बिजुलीबजारबाट कमलपोखरी सरेको ६ महिना बितिसक्दा पनि सरोकारवालाहरु भने अभैm बिजुलीबजारको पुरानो कार्यालय धाइरहेका छन् ।

कार्यालयले आफु नयाँ ठाउँमा सरेको जानकारी नदिँदा सरोकारवाला समस्यामा परेका हुन् । अहिले पनि बिजुलीबजारमा रहेको पुरानो कार्यालयमा दैनिक सयौं सहकारी पीडितहरु त्यहा आउने गरेका छन् । पुरानो कार्यालयसँगै रहेको चिया पसल संचालकले कसैलाई कमलपोखरी भन्छ न कसैलाई कमलादी भनेर पठाउने गरेका छन् ।

त्यहाँ आएका अधिंकाश पीडितको एउटै गुनासो थियो, सहकारीहरु त भागे भागे, बचत रकम फिर्ता गरेनन् । उनीहरुलाई अनुगमन गर्ने सरकारी कार्यालय समेत विना सूचना अन्यत्र सरेपछि पीडितहरु आप्mनो गुनासो सुनाउने ठाउँ नभएको भन्दै दुखेसो पोख्न थालेका छन् । उनीहरुको एउटै गुनासो छ, हाम्रो बचत रकम हिनामिना गर्ने सहकारीसँगै सरकारी कार्यालय पनि मिल्दा आफुहरु अन्यायमा परेको सुनाउछन् ।

पीडितहरु विगत दुई वर्षदेखि सहकारी कार्यालय, सहकारी विभाग, प्रहरी चौकी, स्थानीय तहलगायतमा सहकारीविरुद्ध उजुरी लिएर जाने गरेका छन् । पछिल्लो समय यसको संख्यामा उलेख्य बृद्धि हुन थालेको छ ।
सहकारीमा एकै बचतकर्ताको पाँच हजारदेखि करोडसम्म फसेको पीडितहरु बताउछन् । पीडितमध्ये अधिकाशंको गुनासो छ, ‘अब हाम्रो पैसा फिर्ता आउँनेमा शंका छ । सरकारले हाम्रो मागलाई सुनुवाइ नगरेको पीडितहरु बीच छलफल हुने गरेको छ ।’

सहकारीका कारण लाखौं बचतकर्ताको करोडौं रकम हिनामिना भइ उनीहरुको रुवाबासी भएको छ । सरकार भने रमिते बनेको पीडितहरु बताउछन् । बचतकर्ताले कुट्ने, पिट्ने, कालोमोसो दल्ने वा प्रहरी चौकीमा बुझाउने डरले अधिंकाश सहकारीका सञ्चालक र कर्मचारी कार्यालय आउन छोडेका छन् । कतिपय त देशै छोडेर समेत फरार भएका छन् । बाटोमा हिँड्दा सहकारीको बोर्ड देखिन्छ । भित्र जाँदा भने कार्यालयको ढोकामा कि त ताल्चा झुण्डाएको हुन्छ कि कार्यालय नै सरिसकेको हुन्छ ।

बैंक, सहकारी र लद्युवित्त जनताबाट नाङ्गिसकेको छन् । सहकारीमा त जनताले बचत गर्न छोडिहाले । सँगै बैंक र लद्युवित्तमा पनि जनताले बचत गर्न छोडेका छन् । सहकारी भाग्नुको मुख्य कारण घरजग्गा, गाडी र सेयरमा आएको मन्दी भनेर अधिंकाशले थाहा पाइसकेका छन् । अब सर्वसाधारण जनताले बचत फिर्ता नपाएपछि सहकारी, बैंक र लद्युवित्तका कर्मचारीलाई कालोमोसो दलेर प्रहरी चौकी बुझाउने दिन नआउला भन्न सकिन्न ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *