रिबन

गाजामा युद्धविराम, आजदेखि बन्धक रिहाइ हुने

काठमाडौं । गाजा युद्धविराम र बन्धक रिहाई आज बिहान शुरु हुने कतारको विदेश मन्त्रालयका प्रवक्ताले बताएका छन् ।

‘युद्धविराम आज बिहान ७ः०० बजेदेखि शुरु हुनेछ र नागरिक बन्धकहरूको पहिलो समूहलाई सोही दिन लगभग ४ः०० बजेसम्म सुम्पिइनेछ,’ प्रवक्ता माजेद अल-अन्सारीले उल्लेख गरेका छन् ।

शुरुमा १३ जनालाई रिहा गरिने छ, ती सबै महिला र बालबालिका एउटै परिवारका हुन् । प्रवक्ताका अनुसार प्रत्येक दिनमा चार दिन भित्र सहमति भएका जम्मा ५० जनालाई रिहाइ गरिने छ।

गत अक्टोबर ७ देखि युद्धमा रहेका इजरायल र हमासले बुधबार चार दिने युद्धविरामको क्रममा कम्तिमा ५० बन्धक र सयौं प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्ने सम्झौताको घोषणा गरेका थिए।

कतार, इजिप्ट र संयुक्त राज्य अमेरिकाद्वारा सहजीकरण गरिएको यो सम्झौता विस्तार र फराकिलो हुन सक्ने बताइएको छ । यो सम्झौता गाजामा रहेका २४ लाख जनतालाई सहायता प्रदान गर्ने उद्देश्यले पनि प्रेरित छ ।

इजरायली अधिकारीहरूले लगभग १ हजार २०० व्यक्तिहरू मारिएको र लगभग २४० जनालाई बन्धक बनाएको बताएका छन्।

गाजा पट्टीमा हमास सरकारका अनुसार त्यसबेलादेखि निरन्तर इजरायली बमबारी र भूमि आक्रमणले १४ हजारभन्दा बढी मानिसहरूको ज्यान लिइसकेको छ जसमा अधिकांश महिला र बालबालिका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *