खेलकुद

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको खेल स्थगित, भोलि निरन्तर खेल हुने

काठमाडौँ । नेपाल र युएईबीचको आज भइरहेको एसीसी प्रिमियर कपको फाइनल खेल भोलिसम्मका लागि स्थगित भएको छ ।

टियु क्रिकेट मैदानमा लगातार वर्षा भइरहेपछि बाँकी खेल मंगलबारसम्मका लागि स्थगित गरिएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

टस हारेर पहिला ब्याटिंग गरिरहेको युएईले खेल रोकिनु अघिसम्म युएईले २७.३ ओभर खेलेर ९ विकेट गुमाउदै १०६ रन बनाएको थियो । अब मंगलबार खेल शुरु भएको अवस्थामा यहिबाट खेल अगाडी हुने छ ।

युएईका ब्याट्सम्यान आसिफ खान ४६, जाहूर खान ०, आयान खान ५, बसिल हामिद १०, रोहन मुस्तफा २, रमिज शाहजादले १, आर्यन लाक्रा १३, वृत्य अरविन्द ८ र कप्तान मोहमद वासिम ११ रन बनाएर आउट भएका थिए ।

त्यस्तै आजको खेलमा नेपाली बलरहरुले शानदार बलिङ गरिरहेका छन् । नेपालका लागि ललित राजबंशीले ३ विकेट लिएका छन् । उनले लगातार दुई विकेट लिएपछि खेल रोकिएको थियो र उनी अहिले ह्याट्रिकमा रहेका छन् ।

त्यस्तै करण केसी र सन्दीप लामिछानेले २-२ विकेट लिए भने सोमपाल कामी र गुलशन झाले एल एक विकेट लिएका छन् ।

फाइनल खेलका लागि एक दिनको रिजर्भ डे राखिएको थियो । भोलि पनि खेल हुन नसकेमा एकदिवसीय वरियतामा अगाडी रहेका कारण नेपाल एशिया कपमा छनौट हुने छ । एकदिवसीय वरियतामा नेपाल १४औं र युएई १९औं स्थानामा रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *